काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ र तयारी प्याडको महसुलमा १ तहको फरक व्यवस्था गरिएको बताएका छन्। बजेटमा उठेका प्रश्नको जवाफ दिनेक्रममा अर्थमन्त्री महत यस्तो बताएका हुन्।
‘नेपालमा सेनेटरी प्याड उत्पादन गर्ने उद्देश्यले स्थापना भएका उद्योगले सेनेटरी प्याडको निकासी समेत गर्न सक्ने क्षमताका भएकाले यस्ता प्याड उत्पादन गर्ने कच्चा पदार्थमा लाग्ने भन्सार दर १ प्रतिशत लगाउने व्यवस्था गरिएका छन्,’ उनले भने।
तयारी प्याडमा लाग्ने भन्सार दर समान राख्दा आत्मनिर्भर अवस्थामा रहेका उद्योगहरुलाई संरक्षण गर्न नसकिने भएकाले तयारी वस्तुको आयातमा लाग्ने महसुल सामान्य वृद्धि गरी कच्चा पदार्थ र तयारी वस्तुको विचको फरक एक तह गरिएको उनको भनाइ छ।


