२०८३ कार्तिक २१ गते शुक्रबार

सरकारको ऋण बढेर जीडीपीको ४६ प्रतिशत, पुग्यो २८ खर्ब ६ अर्ब

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १६
artha_finance_mof ministry (6)

काठमाडौँ: वर्षेनी मुलुकको सार्वजनिक ऋणको ग्राफ बढिरहेको छ। हालसम्म कुल सार्वजनिक ऋण दायित्व बढेर २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको अर्थ मन्त्रालयले जनाएको छ।

यो ऋण अनुपात कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४५.९५ प्रतिशत हुन आउँछ । चालू आर्थिक वर्षको शुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा गत पुसमा एक खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ थपिएको जानकारी मन्त्रालयले दिएको छ।

कुल सार्वजनिक ऋणमा वैदेशिक हिस्सा ५३ तथा आन्तरिक ऋणको हिस्सा ४७ प्रतिशत रहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले गत वर्ष सार्वजनिक गरेको तथ्यांकअनुसार जीडीपीको आकार बढेर ६१ खर्ब सात अर्ब रुपैयाँ पुगेको जानकारी दिएको थियो। यो वर्ष जीडीपी बढ्नेछ। जीडीपी बढेपछि ऋणसँगको अनुपात पनि केही कम हुनेछ।

गत आर्थिक वर्षमा सरकारले तीन खर्ब २० अर्ब रुपैयाँ सार्वजनिक ऋण तिरेको छ। यस्तै चालु आर्थिक वर्षमा पनि तीन खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ ऋण तिर्ने लक्ष्य सरकारले राखेको छ।

चालू आर्थिक वर्षमा सरकारले पाँच खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा पुस सम्ममा दुई खर्ब १४ अर्ब ५५ करोड रुपैयाँ ऋण प्राप्ति भएको छ। वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ३६.०२ प्रतिशत रहेको छ। जसमध्ये आन्तरिक र बाह्य ऋण प्राप्तिको प्रगति क्रमश ४९.०८ र १५.७९ प्रतिशत रहेको छ।

कुल सार्वजनिक ऋण प्राप्ति मध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमश ८२.८१ र १७.१९ प्रतिशत रहेको छ।

मन्त्रालयका अनुसार गत कात्तिकमा एक खर्ब २० अर्ब, मंसिरमा बढेर एक खर्ब ४६ अर्ब र पुसमा आएर एक खर्ब ७७ अर्ब रुपैयाँ ऋण परिचालन भएको छ।अमेरिकी डलरको भाउ वृद्धिका कारण सरकारलाई ७० अर्ब ६८ करोड रुपैयाँ ऋण दायित्व थपिएको छ।

यता बहुपक्षीय दातृ निकाय विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) ले नेपालको ऋण तिर्ने क्षमता बढेको भन्दै अनुदान सहायतामा भारी कटौती गरेका गरेका छन्।

दातृ निकायले सहायता कटौती गरेपछि वैदेशिक सहायतामा अनुदानको हिस्सा घटेर १५ प्रतिशतमा झरेको छ भने ऋणको अंश बढेर ८० प्रतिशतभन्दा माथि पुगेको छ। अनुदान कटौति गर्दै आएको विश्व बैंकले नेपालीको आम्दानी बढेको भन्दै गत जुलाईदेखि लागु हुने गरी ब्याजदर दोब्बर बढाएर एडीबीको हाराहारीमा पुर्याएको छ।

बैंकले ०.७५ प्रतिशत सहुलियत ब्याज दिँदै आएकामा अब १.५ प्रतिशत पुर्याएको छ। ब्याजदर बढेपछि नेपालीको ऋण दायित्व थप हुने भएको छ। यस्तै बैंकले ऋण अवधि (म्याच्युरिटी परियड) पनि घटाएर अब ३० वर्षमा झारेको छ। यसअघि म्याच्युरिटी पिरियड ४० वर्षको थियो।

एडिबीले पनि ऋण तिर्ने क्षमता बढेको उल्लेख गरी केही वर्षअघि ऋणको ब्याजदर बढाएर १.५ प्रतिशत पुर्याएको थियो।

नेपालीको आम्दानी बढेका कारण विश्व बैंकले ऋणको ब्याज बढाएको हो। नेपालले नियमित रुपमा ऋणको सावा–ब्याज भुक्तानी गरिरहेको छ। नेपाल हालसम्म ऋण तिर्न नसकेर ‘डिफल्ट’ भएको छैन। पछिल्ला वर्ष विश्वभरि अनुदानको अंश घट्दै गएको छ।

नेपालले सन् १९५० को दशकदेखि वैदेशिक अनुदान र ऋणका रूपमा सहायता प्राप्त गर्दै आएको छ। सहायताले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र ऊर्जाजस्ता क्षेत्रमा योगदान पुर्याएको छ।

प्रकाशित: २०८२ माघ १६ गते शुक्रबार १२:०८
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना