२०८३ कार्तिक २४ गते सोमबार

एसएमईका लागि छुट्टै सेयर प्लेटफर्मको बाटो खुल्दै, नेप्सेले सेबोनमा पठायो विनियमावली

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २९
sme

काठमाडौं। साना तथा मझौला उद्यम (एसएमई) लाई पुँजी बजारमार्फत लगानी जुटाउनलाई सहज बनाउन प्रस्ताव गरिएको छुट्टै सेयर कारोबार प्लेटफर्म अब कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र सूचीकरण तथा कारोबार विनियमावली, २०८२’ पारित गरी स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पठाएको छ।

गत साता बसेको नेप्से सञ्चालक समितिको बैठकले उक्त विनियमावली पारित गरेको थियो। त्यसपछि माघ २७ गते सेबोनमा औपचारिक रूपमा दर्ता गरिएको हो। अब बोर्डले स्वीकृति दिएसँगै एसएमई प्लेटफर्म सञ्चालनको औपचारिक प्रक्रिया अघि बढ्नेछ।

यसअघि नै सेबोनले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ लागू गरिसकेको थियो। तर नेप्सेमा नेतृत्व र सञ्चालक परिवर्तनजस्ता कारणले आवश्यक विनियमावली समयमै स्वीकृत हुन सकेको थिएन। नियमावली जारी भएको झन्डै एक वर्षपछि मात्र विनियमावली बोर्डमा पुगेको हो।

सरकारले आर्थिक वर्ष २०८१/०८२ पुस ५ को मन्त्रिपरिषद निर्णयमार्फत साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासनसम्बन्धी संरचना तयार गर्ने अधिकार सेबोनलाई दिएको थियो। त्यसपछि नेप्सेले पाँच सदस्यीय उपसमिति गठन गरी विनियमावली मस्यौदा तयार गर्ने काम अघि बढाएको थियो। उक्त समितिको संयोजकको जिम्मेवारी सञ्चालक समिति सदस्य रोशनकुमार सिग्देलले सम्हालेका थिए।

एसएमई प्लेटफर्म सञ्चालन विनियमावली प्रक्रियामैः साना कम्पनीको आईपीओ रोकियो

नयाँ व्यवस्थाअनुसार २५ करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीहरूले सर्वसाधारणमा सेयर निष्कासन गर्दा एसएमई प्लेटफर्ममार्फत सूचीकरण गर्नुपर्नेछ। २५ करोड रुपैयाँभन्दा माथि चुक्ता पुँजी भएका कम्पनी हालको मुख्य बजारमै सूचीबद्ध हुनेछन्। यसअघि नै नेप्सेमा सूचीकृत भइसकेका कम्पनीहरूलाई भने यो व्यवस्था लागू नहुने स्पष्ट गरिएको छ।

धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार विनियमावली स्वीकृतिमा अब धेरै समय लाग्दैन। उनका अनुसार संरचनागत काम पूरा भइसकेकाले बोर्डले प्राविधिक पक्षको परीक्षणपछि छिट्टै निर्णय गर्नेछ। स्वीकृति प्राप्त भएपछि नेप्सेले तोकेको मितिबाट विनियमावली कार्यान्वयनमा आउनेछ।

एसएमई प्लेटफर्म सञ्चालन विनियमावली प्रक्रियामै, ११ महिना बित्दा पनि कार्यान्वयनमा आउन सकेन

एसएमई प्लेटफर्मको उद्देश्य साना तथा उदाउँदा कम्पनीलाई सेयर बजारमा प्रवेश गर्न सहज वातावरण तयार गर्नु हो। ठूला कम्पनीका लागि लागू हुने कडा मापदण्ड साना कम्पनीका हकमा केही लचिलो बनाइनेछ। जसले उनीहरूलाई साधारण सेयर (आईपीओ) मार्फत लगानी जुटाउन सरल बनाउने अपेक्षा गरिएको छ। यसले स्टार्टअप र नवप्रवर्तनशील व्यवसायलाई औपचारिक पुँजी बजारसँग जोड्ने अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।

तर, एसएमई कम्पनी तुलनात्मक रूपमा जोखिमयुक्त हुने भएकाले लगानीकर्ताले सावधानी अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ। साना कम्पनीहरूको व्यवसायिक इतिहास छोटो हुने, आम्दानी स्थिर नभइसकेको हुनसक्ने तथा बजार जोखिम उच्च रहने भएकाले जोखिम वहन गर्नसक्ने लगानीकर्ताका लागि मात्र उपयुक्त हुने धारणा राखिएको छ।

अब २५ करोडभन्दा कमको आईपीओ निष्काशन गर्न नपाइने, नियमावली संशोधन अन्तिम चरणमा

नयाँ प्रावधानअनुसार एसएमई कम्पनीको आईपीओमा आवेदन दिन न्यूनतम ५०० कित्ता अनिवार्य गरिएको छ। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ रहनेछ। यसले साना लगानीकर्ताभन्दा तुलनात्मक रूपमा ठूला वा सचेत लगानीकर्तालाई लक्षित गरेको संकेत गर्छ।

एसएमई प्लेटफर्म सञ्चालनमा आएपछि नेपालको सेयर बजार थप विविध र संरचित हुने अपेक्षा गरिएको छ। हालसम्म ठूला कम्पनी केन्द्रित बजार संरचनालाई साना तथा मझौला उद्यमतर्फ विस्तार गर्ने यो प्रयासलाई पूँजी बजार विकासको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

अब सबैको नजर सेबोनको स्वीकृतितर्फ केन्द्रित छ। स्वीकृति प्राप्त भएसँगै २५ करोड रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीहरूको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ। यसले साना उद्यमलाई औपचारिक वित्तीय प्रणालीसँग जोड्दै दीर्घकालीन रूपमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८२ माघ २९ गते बिहिबार ०३:०९
प्रतिक्रिया

थप समाचार

नेप्से सुधारमा नयाँ सीईओको योजना, इन्ट्राडे र सर्ट सेलिङ कारोबारको अध्ययन गरिने

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पुँजी बजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै विभिन्न योजना...

तिहार अघि बढेर बन्द भयो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँः हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अघिको कारोबारमा सेयर बजार सकारात्मक भएर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)...

आईपीओ जारी गर्न आशुतोष इनर्जीले पायो सेबोनबाट स्वीकृति

काठमाडौँ: आशुतोष इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ७२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट कम्पनीको विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्राप्त...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना