२०८३ कार्तिक १४ गते शुक्रबार

दलका हावादारी घोषणापत्रः १० प्रतिशत आर्थिक वृद्धि गर्न कहाँबाट आउँछ एक खर्ब डलर?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १
angaraj_timilsina

अबका केही दिनमा चुनावी घोषणा पत्रहरुको लस्कर लाग्ने छ। विगतमा झैं सुशासन र भ्रष्टाचार नियन्त्रण सबै पार्टीका एजेण्डा बन्ने छन।

कम्तिमा पनि भोली संसदमा सबै पार्टीहरुले घोषणा गरेका प्रतिबद्दताको १० प्रतिशतमा मात्र राष्ट्रिय एकता गर्न सके सुशासन सम्बन्धी धेरै समस्या समाधान गर्न सकिने थियो।

तर, वास्तविकता अली फरक छ। नेपालमा घोषणापत्र घोषणाका लागी मात्रै गरिने अनि निर्वाचनका् भोलीपल्ट डस्ट बिनमा फालिने वा फेरी ती घोषणा पत्र हेर्न नपर्ने चलन बसेकाले होला, घोषणापत्रमा बहस पनि हुँदैन र बहस गर्नेहरु पनि आउट अफ टच वा काम न काजका सोघोषित विद्धान जस्ता लाग्छन।

पुराना पार्टीहरुले बदलिएको परिस्थितिमा धेरै सुशासन दिने, भ्रष्टाचार नियन्त्रण गर्ने अनि धुमधाम विकास गर्ने बाचा वा कार्यक्रमका लिस्ट ल्याए पनि जनताले सजिलै पत्याउने अवस्था छैन। जस्तो कि नेकपाका निम्न घोषणा पत्रका बुँदाहरु हेर्दा यस अघिका निर्वाचनमा घोषणा गरे कै बुँदा दोहोरिएका छन।

नेपाली कांग्रेसको नयाँ नेतृत्वलाई पनि यो पालीको घोषणापत्र कार्यान्वयन हुन्छ। अनि कार्यान्वयन गर्न सकिने खालको छ भनेर जनतालाई आश्वस्त पार्ने चुनौति अझै छ।

वर्षौदेखी चुनावमा एउटा वाचा गर्ने (जस्तो कि भ्रष्टाचारीको अनुहार पनि नहेर्ने भन्ने) तर, त्यसपछि जे जे मन लाग्छ गर्ने भएर होला जेनजी आन्दोलनपछिको यो निर्वाचनमा अनुहार नयाँ हुनु पर्‍यो पुरानाले बिगारेको सपार्न, एजेण्डा वा चुनावी वाचा तपसिलका कुरा भन्ने धेरैमा यहसास देखिन्छ।

नेकपाको घोषणापत्रमा लेखिएको ूआगामी पाँच वर्षभित्र दोहोरो अंकको अर्थात १० प्रतिशत भन्दा माथिको आर्थिक वृद्धि दर हासिल गने् भन्ने कुरालेले अर्थतन्त्रमा चासो हुने म जस्ताको ध्यान तान्ने नै भयो।

लेख्न जे लेखिदिए पनि भयो, घोषणा न हो। यो कुरा घोषणापत्रमा हालौं भन्नेलाई समेत बिश्वास नभए पनि घोषणा न हो, ठूलै गरौं भन्ने भा होला।

३/४ प्रतिशत आर्थिक वृद्धि भएको नेपालको वर्तमान अवस्थामा सरसर्ती हिसाब गर्दा आगामी पाँच वर्षमा १० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न नेपाललाई स्वदेशी र विदेशी गरेर ७५ अर्बदेखी खर्र्ब डलर (१०८ देखी १४४ खर्ब नेपाली रुपैया) लगानी चाहिन्छ। १६/१७ खर्ब रुपैयाँको हाम्रो वार्षिक बजेट छ।

सार्वजनिक, निजी, स्वदेशी र विदेशी गरेर लगानी पाँच गुणा जतिले बढाउन सके मात्रै १० प्रतिशतको आर्थिक वृद्धि सम्भब छ।

विदेशी लगानी त एफएटिएफको ग्रे लिस्ट र नेपालको राजनीतिक अस्थिरता आदिले तान्न गार्हो छ। तर, स्वदेशी लगानी पनि बैंकमा पैसा थुप्रिएर राष्ट बैकले तरलता व्यवस्थापन गर्न पैसा तानेको तानै छ भने बैंकहरुमा पैसा थुप्रिएर पनि ॠण लिएर लगानी गर्नेहरु तयार छैनन्।

(विश्लेषक अंगराज तिमिल्सिनाको फेसबुकवालबाट)

प्रकाशित: २०८२ फाल्गुण १ गते शुक्रबार ०८:१८
प्रतिक्रिया

थप समाचार

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा...

‘सेयर बजारलाई खरिदबिक्रीमा मात्रै सीमित राख्न हुन्न, व्यापक सुधार आवश्यक छ’

बजारको बदलिँदो स्वरूपअनुसार कानुनी संरचना पनि समयानुकूल हुनुपर्छ।

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना