काठमाडौं–प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि बस्दै छ। बैठकमा आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु हुने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको हो।
आज सहरी विकास, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि छलफल हुनेछ। यी मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएको प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने कानुनी व्यवस्था छ। सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको १७ खर्ब ५१ अर्बको बजेट प्रतिनिधिसभाले बहुमतले पारित गरिसकेको छ।


