काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)को अध्यक्ष गणेश कार्कीसहित सदस्यबाहेक अन्य सबै पदाधिकारी सर्वसम्मतरुपमा निर्वाचित भएका छन्।
निर्वाचन समितिको कार्यालयले कार्कीलाई अध्यक्षको घोषणा गर्दै प्रतिस्पर्धी किरण मल्लको उम्मेदवारी खारेज गरेको छ। उनले निर्वाचन रोक्न अन्तरिम आदेश माग गर्दै उच्च अदालत पाटनमा मुद्दा हालेका थिए। तर, उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।
यस्तै वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित भएका छन्। उनी अर्को कार्यकालमा स्वत: अध्यक्ष बन्नेछन्। उपाध्यक्षमा भरतबहादुर खत्री, उत्तम ब्लोन, रामप्रसाद आचार्य, आशिष गर्ग, आनन्द चौधरी निर्वाचित भएका छन्।
महासचिवमा बलराम खतिवडा, उपमहासचिवमा प्रकाश दुलाल, सचिवहरुमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल कँडेल, विक्रम विष्ट, हिमप्रसाद पाठक र कोषाध्यक्षमा नरेन्द्र बल्ल निर्विरोध निर्वाचित भएका छन्।
सदस्य चयनका लागि भने बिहीबार निर्वाचनको मिति तोकिएको छ। ७ जना सदस्यका लागि १४ जनाको उम्मेदवारी परेको छ। महिला सदस्यमा भने इशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन कुमारी जोशी निर्वाचित भएका छन्।





