२०८३ कार्तिक २१ गते शुक्रबार

उद्योगी पक्राउबारे अर्थमन्त्री: ‘ग्रे लिस्ट’बाट बाहिरिन सम्पत्ति शुद्धीकरणमा कडाइ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २३
WhatsApp Image 2026-04-06 at 13.40.17

काठमाडौँ: सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायीविरुद्ध कडा कदम चालेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पूर्वमन्त्री तथा व्यवसायी दीपक खड्का, व्यवसायी दीपक भट्ट, शंकर ग्रुपका शंकर अग्रवाल र सुलभ अग्रवाल लगायतलाई पक्राउ गरेकोमा शंकरलाई बयानपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छाडेको छ। तीन व्यवसायीहरू हिरासतमा रहँदा अन्य व्यवसायीहरूमाथि पनि सरकारले अनुसन्धान गरिरहेको छ भने कतिपयलाई पक्राउको तयारी चलिरहेको छ।

यस विषयमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले स्पष्टीकरण दिएका छन्।  नेपाललाई अन्तर्राष्ट्रिय निगरानी सूची (ग्रे लिस्ट)बाट बाहिर निकाल्न सरकारले सम्पत्ति शुद्धीकरण नियन्त्रणलाई उच्च प्राथमिकता दिएको उनको भनाइ छ।

सेयर बजारमा आएको गिरावट र बजार सुधारका विषयमा नेपाल स्टक ब्रोकर एसोसिएसनसँग भएको भेटका क्रममा अर्थमन्त्री वाग्लेले सुशासन सुदृढ गर्दै वित्तीय प्रणालीलाई पारदर्शी बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको बताएका छन्।

उद्योगी तथा व्यवसायीलाई पक्राउ गरेर अनुसन्धान सुरु भएको विषयमा स्पष्ट पार्दै उनले भने, ‘नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउनु छ। त्यसका लागि सुशासनका काम गर्नुछ। जनमत पनि यही हो, हामी गर्छौं।’

उनले केही अनुसन्धान पुरानै भएको र अहिले अन्तिमतिर पुगेको स्पष्ट पारेका छन्।

उक्त अवसरमा अर्थमन्त्री वाग्लेले अपराध गरेकालाई उन्मुक्ति नहुने र छानीछानी प्रतिशोध पनि नहुने जिकिर गरेका छन । ‘सरकार निजी क्षेत्रमैत्री छ। मेरो पहिलो निर्णय हेरे पनि थाहा भइहाल्छ । रास्वपा र सरकार निजीक्षेत्र विरोधी होइन,’ उनले भने।

उनले आगामी आर्थिक वर्षको बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक आउने जानकारी दिँदै भने, ‘नेपालको अर्थतन्त्रका लागि अब स्वर्णिम समय आउँदैछ। हल्ला र गलत अफवाहको पछि कोही पनि नलागौँ।’

अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपालबारे सार्वजनिक गरेको वक्तव्यमा नेपालले सम्पत्ति शुद्धीकरण निवारणका क्षेत्रमा उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाएको उल्लेख छ। सन् २०२३ अगस्टमा व्यक्त प्रतिबद्धताअनुसार केही क्षेत्रमा सुधार भए पनि प्रस्तावित कार्ययोजनाअनुसार अझै थप सुधार आवश्यक रहेको एफएटीएफले औंल्याएको छ।

एफएटीएफले नेपाललाई ग्रे लिस्टबाट बाहिरिन सात प्रमुख क्षेत्रमा सुधार गर्नुपर्ने स्पष्ट कार्ययोजना दिएको छ। सन् २०२७ जनवरीसम्म ती सुधारहरू पूरा गर्न समयसीमा तोकेको छ।

यसअन्तर्गत अपराधबाट आर्जित सम्पत्तिको जोखिम पहिचान, उच्च जोखिम क्षेत्रमाथि कडा अनुगमन, हुण्डी जस्ता अवैध कारोबार नियन्त्रण, अनुसन्धान निकायहरूको क्षमता अभिवृद्धि, प्रभावकारी अभियोजन प्रणाली, अवैध सम्पत्ति जफत प्रक्रिया सुदृढीकरण तथा आतंकवादसम्बन्धी वित्तीय गतिविधिमा नियन्त्रणजस्ता विषयमा सुधार आवश्यक रहेको उल्लेख गरिएको छ।

नयाँ सरकार गठनसँगै सम्पत्ति शुद्धीकरण नियन्त्रणमा कडाइ बढाइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विभिन्न व्यवसायीमाथि छानबिन प्रक्रिया अगाडि बढाएको छ भने केही चर्चित व्यवसायीहरूमाथि कारबाहीसमेत भइसकेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थुप्रै व्यवसायीमाथि छानबिन तयारी गरेको भन्ने हल्ला फैलिएको छ। सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पूर्वमन्त्री तथा व्यवसायी दीपक खड्का, व्यवसायी दीपक भट्ट, शंकर ग्रुपका शंकर अग्रवाल र सुलभ अग्रवाल लगायतलाई पक्राउ गरिसकेको छ भने शंकर अग्रवाल आइतबार रिहा भएका छन् ।

ग्रे लिस्टमा रहँदा नेपालको बैंकिङ प्रणाली, वैदेशिक लगानी, अन्तर्राष्ट्रिय व्यापार तथा समग्र आर्थिक विश्वसनीयतामा प्रत्यक्ष असर पर्ने भएकाले यसबाट बाहिरिनु सरकारको प्रमुख प्राथमिकतामा परेको छ। यही सन्दर्भमा नेपाल राष्ट्र बैंक ले पनि वित्तीय कारोबारमा निगरानी कडाइ गर्दै नियामकीय व्यवस्था थप सुदृढ बनाउँदै लगेको छ।

प्रकाशित: २०८२ चैत २३ गते सोमबार १२:५२
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना