काठमाडौँ: इन्धन आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेसँगै कर्मचारीको इन्धन सुविधामा पनि कटौती भएको छ। अर्थमन्त्रालयले कर्मचारीको इन्धन सुविधामा ५० प्रतिशतसम्म कटौती भएको जानकारी दिएको हो।
इरानमा जारी युद्धका कारण इन्धनको आपूर्ति प्रभावित भएका कारण आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा साताको दुई दिन बिदा दिने निर्णय गरेको थियो। लगत्तै कर्मचारीले पाउने गरेको इन्धन सुविधा पनि घटाइएको हो।
कुन तहका कर्मचारीको कति भयो सुविधा कटौती?
सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारी
• पहिले: १२५ लिटर • अब: ७० लिटर
• कटौती: ५५ लिटर
सहसचिव स्तरका पदाधिकारी
• पहिले: १०० लिटर • अब: ५० लिटर
• कटौती: ५० लिटर
३० जनासम्म कर्मचारी भएका कार्यालय (पुल सवारी)
• पहिले: ७५ लिटर पेट्रोल + १०० लिटर डिजेल
• अब: ३५ लिटर पेट्रोल + ५० लिटर डिजेल
• कटौती: ४० लिटर पेट्रोल + ५० लिटर डिजेल
५० जनासम्म कर्मचारी भएका कार्यालय
• पहिले: ७५ लिटर पेट्रोल + १०० लिटर डिजेल
• अब: ३५ लिटर पेट्रोल + ५० लिटर डिजेल
• कटौती: ४० लिटर पेट्रोल + ५० लिटर डिजेल
प्रत्येक थप १०० कर्मचारी भएका कार्यालय
• पहिले: ७५ लिटर पेट्रोल + १०० लिटर डिजेल
• अब: ३५ लिटर पेट्रोल + ५० लिटर डिजेल
• कटौती: ४० लिटर पेट्रोल + ५० लिटर डिजेल
दुईपांग्रे सवारी (मोटरसाइकल)
• पहिले: १२ लिटर/महिना
• अब: ८ लिटर/महिना
• कटौती: ४ लिटर


