२०८३ कार्तिक २१ गते शुक्रबार

बजेट विनियोजनमा अपारदर्शिता र हुण्डी नियन्त्रण गर्न अर्थ समिति उठ्यो माग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १४
photo-24_e531889e

काठमाडौं। संघीय संसदको अर्थ समितिको बैठकमा समितिको आगामी कामकारबाही सम्बन्धी छलफल भएको छ।सोमबार बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको बैठकमा समितिको कार्यक्षेत्र र आगामी कामकारबाहीको विषयमा छलफल भएको हो।

बैठकमा समिति सदस्य जगदीश खरेलले सरकारले आयातित सामानको भन्सार मूल्य निर्धारण गरिसकेको भए पनि व्यवसायीहरूले त्यसभन्दा बढी मूल्य तिरेर सामान ल्याउनुपर्ने अवस्था रहेको बताए।

उनले यही कारण व्यवसायीहरूले कानुनी रूपमा कम रकम देखाएर बाँकी रकम हुण्डीमार्फत विदेश पठाउने गरेको उल्लेख गर्दै सरकारले निर्धारण गरेको मूल्यभन्दा माथिको रकममा कर तिर्नुपर्ने बाध्यता रहेसम्म हुण्डी नियन्त्रण गर्न कठिन हुने धारणा राखे।

उनले भने ,‘भन्सारमा आयात हुने सामानहरुको सरकारले मूल्य निर्धारण गरेर पठाएको छ। भन्सार दर नै तोकिदिएको छ। त्यसो भए पनि हुण्डी किन भयो भन्ने प्रश्न उठ्छ, किनकी व्यवसायीले त्यो भन्दामाथि रेट तिरेर पनि सामान ल्याउनुपर्ने अवस्था छ। व्यवसायीले कर तिर्नुपर्ने भएकाले बाँकी पैसा हुण्डीमार्फत पठाएर सामान आयात गर्ने गरिन्छ। कि त सरकारले हुण्डी रोक्न निर्धारण गरेको मूल्यको मात्र कर तिर्नु भन्नुपर्यो। आज कति पैसा बाहिर गएको छ त्यसको डाटा सरकारसँग छैन्। कारण मूल्य बढि तिरेर ल्याइन्छ। तर, कानुनी रुपमा पैसा थोरै पठाइन्छ। व्यवसायीहरु पनि चपेटामा परेका छन्। सरकारलाई पनि घाटा भएको देखेको छु।’

यस्तै अर्का सदस्य पुष्पराज कंडेलले बजेट विनियोजन प्रक्रियामा पहुँचका आधारमा असमानता हुने गरेको टिप्पणी गरे। उनले पूराना राजनीतिक दलहरू असफल भएको मुख्य कारण यही रहेको उल्लेख गर्दै स्रोत र साधनको नजिक हुनेहरूले आफ्नो क्षेत्रमा बढी बजेट लैजाने प्रवृत्ति रहेको बताए। साथै उनले अबको सरकारले त्यो प्रवृत्ति नदाहोर्याउने विश्वास व्यक्त गरे।

उनले भने,‘बजेट विनियोजनको जुन कुरा यहाँ आइरहेको छ, पूराना पार्टीहरु फेल भएको ठाउँ यही नै हो। सबै भ्रष्ट भए भन्ने कुरा यहीबाट आएको हो। जसको पहुँच छ ,जो साधन र स्रोतको नजिक छ, त्यसले आफ्नो क्षेत्रमा बढि बजेट लैजान्छ। यही नै होला समस्या। पहुँच नभएको दुर्गम ठाउँ पछाडि नै परेको छ र विकसित नै भएपनि पहुँच भएको मान्छेकोमा बजेट जाने यो विडम्बना आजपनि छ। नयाँ सरकारले त्यो हुन दिने छैन् भन्ने आशा गर्छु।’

अर्की समिति सदस्य निति भण्डारीले पनि बजेट विनियोजन पारदर्शी नभएको भन्दै सुधार आवश्यक रहेको बताइन्।

प्रकाशित: २०८३ बैशाख १४ गते सोमबार ०४:२९
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना