काठमाडौं। नेपाल व्यवस्थापन संघद्धारा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पूूर्ण छलफल कार्यक्रम आयोजना गरेको छ।
बजेट पूर्व छलफलः समृद्धिको मार्ग नाम दिईएको उक्त छलफल कार्यक्रम संघका अध्यक्ष हेमाकुमारी अधिकारीको अध्यक्षतामा भएको थियो।
कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यको सहभागिता थियो। कार्यक्रममा पूर्वमुख्य सचिव डा. बैकुण्ठ अर्यालले कार्यपत्र प्रस्तुत गरेका थिए।
संघका पूर्वअध्यक्ष तथा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. रमेशचन्द्र पौडेल र बरिष्ठ चार्टड एकाउन्टेन्ट सुदर्शनराज पाण्डेले अर्थतन्त्रका विविध बिषयहरुलाई समेटेर आगामी बजेटको लागि बिभिन्न सुुझावहरु दिएका छन्।
कार्यक्रममा संघका उपाध्यक्ष कृष्ण आचार्यले सहजिकरण गरेका थिए भने महासचिव इन्द्रकुमार श्रेष्ठले सहभागी सबैलाई स्वागत गरेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रमा संलग्न सहभागीहरुबाट २०८३/०८४ को बजेटको लागि सुुझावहरु संकलन गरिएको थियो।
प्रमुख अतिथि आचार्यले बजेटको लागि विभिन्न सुुझावहरु दिएका थिए। कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिंदै संघका अध्यक्ष अधिकारीले प्रमुख अतिथिलगायत सम्पूर्ण अतिथिहरु तथा सहभागीहरुबाट संकलित सुुझावहरु सबैलाई समेटेर आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणको लागि संकलित सुुझावहरु सरकारलाई बुझाईने जानकारी दिए।
संघले सरकारले बजेट बनाउनुुपूर्व यो कार्यक्रम गर्दै आएको छ। सरकारलाई सबै सरोकारवालाहरुको सल्लाह, सुुझाव पुर्याई एउटा प्रभावकारी बजेट बनाउन मद्धत पुर्याउने हेतुले आयोजना गरिएको यो कार्यक्रम प्रत्येक बर्ष आयोजना गर्दै आईरहेको संघले जनाएको छ।


