२०८३ कार्तिक २१ गते शुक्रबार

वैदेशिक अनुदान सहायता घट्दो, स्रोतको दबाबमा सरकार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १५
mof_1

काठमाडौं। पछिल्लो दशकमा वैदेशिक सहायता परिचालन घट्दो क्रममा रहेको छ। एक दशकमा वैदेशिक सहायताले कुल बजेटको वार्षिक औसत २१.५ प्रतिशत हिस्सा ओगटेको छ।यस्तो हिस्सा क्रमशः घट्दो क्रममा रहेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको वर्तमान आर्थिक स्थितीपत्रले देखाएको छ।

स्थितीपत्रका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा यस्तो हिस्सा घटेर १४.६ प्रतिशतमा सीमित भएको छ। पछिल्ला वर्षहरूमा कुल वैदेशिक सहायता परिचालनमा वैदेशिक ऋणको हिस्सा क्रमशः बढ्दै गएको छ भने अनुदानको हिस्सा घट्दै गएको छ।

आर्थिक वर्ष २०८१/०८२ मा कुल वैदेशिक सहायतामा ऋणको हिस्सा ८१.१ प्रतिशत र अनुदानको १८.९ प्रतिशत मात्र रहेको छ।

एक दशक अघि आर्थिक वर्ष २०७२/०७३ मा यस्तो हिस्सा क्रमशः ५७.४ प्रतिशत र ४२.६ प्रतिशत रहेको थियो। वैदेशिक सहायता परिचालन लक्ष्यको तुलनामा अत्यन्त न्यून अर्थात ४६प्रतिशत मात्र रहेको छ।

जसमध्ये अनुदान परिचालन ४२.१ प्रतिशत र ऋण परिचालन ४७.६ प्रतिशत छ। वैदेशिक सहायतामा सञ्चालित परियोजनाको कार्यान्वयन गति सुस्त रहने गरेको र समयमै शोधभर्ना नहुँदा वैदेशिक सहयोगमा कमी हुनुका साथै नगद व्यवस्थापनमा समेत दबाब सिर्जना हुने गरेको छ।

ब्याजदर बढ्यो

यता बहुपक्षीय दातृ निकाय विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) ले नेपालको ऋण तिर्ने क्षमता बढेको तथ्य अघि सार्दै एक दशकअघि अनुदान सहायतामा भारी कटौती गरेका थिए।

दातृ निकायले सहायता कटौती गरेपछि वैदेशिक सहायतामा अनुदानको हिस्सा घटेर १५ प्रतिशतमा झरेको छ भने ऋणको अंश बढेर ८० प्रतिशतभन्दा माथि पुगेको छ।

गत आर्थिक वर्षमा सरकारले २३ अर्ब २० करोड रुपैयाँ मात्र अनुदान रकम उपयोग गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्ष सरकारले ५३ अर्ब ४५ करोड रुपैयाँ अनुदान सहायता परिचालनको लक्ष्य लिएको छ। हालसम्म १७ अर्ब रुपैयाँ अर्थात ३१.८७ प्रतिशत मात्र उपयोग गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

अनुदान कटौति गर्दै आएको विश्व बैंकले नेपालीको आम्दानी बढेको भन्दै गत जुलाईदेखि लागु हुने गरी ब्याजदर दोब्बर बढाएर एडीबीको हाराहारीमा पुर्याएको छ।

बैंकले ०.७५ प्रतिशत सहुलियत ब्याज दिँदै आएकामा अब १.५ प्रतिशत पुर्याएको छ। ब्याजदर बढेपछि नेपालीको ऋण दायित्व थपिएको छ। यस्तै बैंकले ऋण अवधि (म्याच्युरिटी) पनि घटाएर अब ३० वर्षमा झारेको छ। यसअघि म्याच्युरिटी अवधि ४० वर्ष थियो।

एडिबीले पनि ऋण तिर्ने क्षमता बढेको कारा देखाउँदै १० वर्षअघि ऋणको ब्याजदर बढाएर १.५ प्रतिशत पुर्याएको थियो। विश्व बैंकले पनि यो वर्षदेखि एडीबीको हाराहारीमा ब्याजदर पुुर्याएको छ।

कोरोना महामारी, त्यसपछि विश्वव्यापी आर्थिक मन्दीले विश्व बैंक र एडिबीका साथै धेरै देशले आफ्नो आन्तरिक आर्थिक समस्यालाई नै प्राथमिकता दिएपछि नेपाल जस्ता गरिब मुलुकले पाउने अनुदान सहायता रकम घटेको छ।

नेपालले नियमित रुपमा ऋणको सावा–ब्याज भुक्तानी गरिरहेको छ। नेपाल कुनै पनि वर्ष ऋण तिर्न नसकेर ‘डिफल्ट’ भएको छैन। ऋण तिर्ने क्षमता र प्रतिव्यक्ति आम्दानी बढेको कारण देखाउँदै विश्व बैंक र एडिबीले अनुदान घटाएर ब्याजदर बढाएको हो।

चालु आर्थिक वर्षमा नेपालीको आम्दानी १५ सय १३ डलर रहेको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ। गत आर्थिक वर्षमा सरकारले तीन खर्ब २० अर्ब रुपैयाँ सार्वजनिक ऋण तिरेको छ।

यस्तै चालु आर्थिक वर्षमा पनि तीन खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ ऋण तिर्ने लक्ष्य राखेको छ। हालसम्म दुई खर्ब ३० अर्ब १६ करोड रुपैयाँ अर्थात ६१.३४ प्रतिशत भुक्तानी गरेको महालेखाले जानकारी दिएको छ।

कूल ग्राहस्र्थ उत्पादन (जीडीपी) को ४४ प्रतिशत हारहारीमा सार्वजनिक ऋण छ।

नेपालीको आय बढेको र विकासशील मुलुकको पहिलो चरण ‘लोमिडिल इन्कम’ मुलुकमा स्तरोन्नति हुने अवस्थामा छ। २०२६ को डिसेम्बरदेखि नेपाल विकासशील मुलुक बन्नेछ।

कोरोना महामारीपछि विश्वभरि अनुदानको अंश घट्दै गएको छ। आउँदो तीन वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी बढेर वार्षिक २१ सय अमेरिकी डलर पुग्ने अनुमान सरकारको छ।

आर्थिक वर्ष ०८४/०८५ मा नेपालीको वार्षिक आम्दानी औसत दुई हजार ८७ डलर पुग्ने राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यकालीन खर्च संरचनामा प्रक्षेपण गरिएको छ।

आगामी आर्थिक वर्ष ०८२/०८३ मा प्रतिव्यक्ति आय बढेर १६ सय ६० र आर्थिक आर्थिक वर्ष ०८३/०८४ मा १८ सय ५९ डलर पुग्ने प्रक्षेपण गरिएको छ।

गतवर्ष प्रतिव्यक्ति आम्दानी दुई हजार ८७ डलर पुग्दा जीडीपीको आकार बढेर ८९ खर्ब नौ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। कार्यालयले नेपालको जीडीपी आकार ६६ खर्ब रुपैयाँ पुगेको नयाँ तथ्याँक सार्वजनिक गरेको छ।

अनुमान गरेको प्रतिव्यक्ति आम्दानी पुग्न आगामी तीन वर्षमा नेपालको आर्थिक वृद्धि औसत ७.१ प्रतिशत हुने अनुमान छ। आर्थिक वर्ष ०८४/०८५ मा २६ खर्ब ५८ अर्ब ९६ करोड रुपैयाँ लगानी हुने अनुमान छ। गत वर्ष १७ खर्ब ३५ अर्ब ५३ करोड रुपैयाँ लगानी भएको थियो।

नेपालसहित बंगलादेश र लाओस विकासशील मुलुकमा स्तरोन्नति भनिएकोमा बंगलादेशले सार्ने प्रस्ताव गरेको छ।

संयुक्त राष्ट्र संघको विकास नीति केन्द्रले निर्धारण गरेका मापदण्ड अनुसारका सूचकमध्ये नेपालले सन् २०२३ सम्म मानव सम्पत्ति सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचकांकमा न्यूनतम सीमा पूरा गरेको थियो।

गतवर्ष नेपालले तेस्रो मापदण्ड पनि प्रतिव्यक्ति आम्दानी पनि पूरा गरेको छ। सन् २०२५ मा प्रकाशित अद्यावधिक मानकअनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आयको ‘थ्रेसहोल्ड’ १३ सय ६ अमेरिकी डलर छ। न

यसैगरी मानव सम्पत्ति सूचकांकको थ्रेसहोल्ड ६६ भन्दा माथि हुनुपर्नेमा नेपालको ७७.५८ र ३२ भन्दा कम हुनुपर्ने आर्थिक तथा वातावरणीय जोखिम सूचकमा नेपालको २८.९६ छ।

 

प्रकाशित: २०८३ बैशाख १५ गते मङ्गलबार ०८:३०
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना