२०८३ कार्तिक २२ गते शनिवार

मध्यपूर्वको अस्थिरताले नेपाललाई ठूलो संकटमा पार्नसक्छ, तत्काल पूर्वतयारी गर्नुपर्छः डा.नारद भारद्वाज

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १६
narad

काठमाडौं। पूर्वराजदूत तथा विश्लेषक डा.नारद भारद्वाजले पश्चिम एसियामा देखिएको वर्तमान युद्ध परिस्थितिलाई ‘बल्झिरहेको पुरानो घाउ’ को रूपमा चित्रण गरेका छन्।

उनका अनुसार अहिले इजरायल–इरान तनावका रूपमा देखिएको द्वन्द्व केवल हालको घटना मात्र नभई दशकौँदेखि विकसित हुँदै आएको भू–राजनीतिक प्रतिस्पर्धाको परिणाम हो।

कतारका लागि राजदूतको जिम्मेवारी सम्हालिसकेका डा. भारद्वाजका अनुसार मध्यपूर्वमा शक्ति सन्तुलन कायम गर्ने महत्वाकांक्षाले इरान र इजरायलबीच दीर्घकालीन प्रतिस्पर्धा सिर्जना गरेको हो।

उनले प्यालेस्टिनी–इजरायली संघर्षलाई पनि यस द्वन्द्वको ऐतिहासिक र मूल आधारमध्ये एक महत्वपूर्ण पक्षका रूपमा व्याख्या गरे। ‘१९४८ मा इजरायल स्थापना भएदेखि नै त्यस क्षेत्रमा असन्तोष र द्वन्द्वको शृंखला सुरु भएको हो,’ उनले भने।

उनले इजरायलले आफ्नो सुरक्षा र क्षेत्रीय प्रभाव विस्तार गर्ने रणनीति अघि सारेको आरोप लगाउँदै त्यसले प्यालेस्टिनी समुदायमाथि निरन्तर दमन बढाएको दाबी गरे।

त्यही कारण इरानले प्यालेस्टिनी पक्षलाई समर्थन गर्दै इजरायलसँगको प्रतिद्वन्द्विता तीव्र बनाएको उनको विश्लेषण छ।

डा. भारद्वाजले इरानलाई ऐतिहासिक रूपमा अत्यन्तै पूरानो सभ्यता भएको मुलुकका रूपमा उल्लेख गर्दै त्यहाँको सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण देश सजिलै कमजोर नहुने दाबी गरे।

उनका अनुसार इरानले पछिल्ला वर्षहरूमा आफ्नो सैन्य क्षमता, विशेषगरी मिसाइल प्रविधि, उल्लेखनीय रूपमा विकास गरेको छ।

उनले हालको द्वन्द्वमा पश्चिमी शक्तिहरू विशेषगरी अमेरिका र इजरायलले अत्यधिक सैन्य शक्ति प्रयोग गरिरहेको आरोप लगाए।

उनका अनुसार प्रारम्भमा यो द्वन्द्व छिट्टै समाप्त हुने अपेक्षा गरिए पनि परिस्थिति झन् जटिल बन्दै गएको छ। उनले युद्धलाई ‘अनिश्चित र लामो समयसम्म फैलिन सक्ने संकट’का रूपमा चित्रण गरेका छन्।

डा. भारद्वाजले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरू र क्षेत्रीय सुरक्षा संरचनामा पनि तनाव बढिरहेकाले भविष्यमा अझ व्यापक अस्थिरता आउन सक्ने चेतावनी दिएका छन्। यद्यपि उनले उल्लेख गरेका केही सैन्य घटनाक्रमहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।

उनका अनुसार यो द्वन्द्वले केवल राजनीतिक मात्र होइन, आर्थिक र मानवीय संकट पनि निम्त्याइरहेको छ। विशेषगरी तेल आपूर्ति, ऊर्जा संरचना, पानी आपूर्ति प्रणाली (डिसेलिनेसन प्लान्ट) र पूर्वाधारमा असर परेमा सम्पूर्ण क्षेत्रको जनजीवन प्रभावित हुने उनले बताए।

उनले खाडी मुलुकहरूमा ठूलो संख्यामा कार्यरत नेपाली श्रमिकहरूको भविष्यलाई लिएर गम्भीर चिन्ता व्यक्त गरे। उनका अनुसार लाखौँ नेपाली कामदार निर्माण, सेवा र घरेलु क्षेत्रमा कार्यरत छन् र युद्ध लम्बिएमा उनीहरूको रोजगारी र सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुन सक्छ।

डा. भारद्वाजले सरकारलाई सम्भावित संकटका लागि पूर्वतयारी गर्न सुझाव दिँदै कूटनीतिक पहल, आपतकालीन उद्धार योजना र सम्बन्धित देशहरूसँग समन्वय आवश्यक रहेको बताए।

उनले १९९१ को इराक–कुवेत युद्धपछि भएको ठूलो परिमाणको उद्धारलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै अहिले नै योजना बनाउनुपर्ने आवश्यकता औँल्याए।

साना देशहरूले ठूला शक्ति राष्ट्रहरूको प्रतिस्पर्धामा केवल निर्भर भएर होइन, आत्मनिर्भर अर्थतन्त्र र कूटनीतिक सन्तुलनमार्फत आफ्नो सार्वभौमिकता सुरक्षित गर्नुपर्ने आवश्यकता छ।

‘विश्व शक्ति राजनीति अत्यन्त जटिल बन्दै गएको छ, त्यसैले साना देशहरू अझ सतर्क र सक्षम हुनुपर्छ,’उनले भने।डा. भारद्वाजले नेपालले आफ्नो भू–यथार्थतालाई बुझेर आत्मनिर्भर अर्थतन्त्र र सन्तुलित कुटनीतिको बाटो पक्रनुपर्नेमा जोड दिएका छन्।

पछिल्लो समय पश्चिम एशियामा चर्किएको द्वन्द्व, नेपालको रेमिट्यान्समा आधारित अर्थतन्त्रको जोखिम र वैदेशिक सम्बन्धका विविध आयामबारे चर्चा गर्दै उनले नेपालको सार्वभौमिकता र आर्थिक स्वतन्त्रताका लागि नयाँ मार्गचित्र प्रस्तुत गरेका छन्।

पश्चिम एशियाको संकट र विश्व राजनीति

भारद्वाजका अनुसार अहिले इजरायलले इरानसँगको द्वन्द्वलाई आफ्नो अस्तित्वको लडाइँको रूपमा हेरिरहेको छ। इजरायली नेतृत्वमा ‘अहिले इरानलाई ध्वस्त पार्न नसके कहिल्यै सकिँदैन’ भन्ने मानसिकता हाबी भएको उनको विश्लेषण छ।

यद्यपि, अमेरिकामाथि आन्तरिक दबाब र नेटो राष्ट्रहरूसँगको समन्वय अभावले यो युद्ध थप जटिल मोडमा पुगेको उनि बताउँछन्।

‘यदि अमेरिकाले इजरायलको महत्वाकांक्षालाई अंकुश लगाएर इरानसँग शान्तिपूर्ण सहअस्तित्वको बाटो खोज्न सक्यो भने मात्र यो युद्ध स्थायी विरामतिर जान सक्छ,’ उनले भने।

रेमिट्यान्सको जोखिम र आत्मनिर्भरताको आवश्यकता

नेपालको अर्थतन्त्र रेमिट्यान्समा अत्यधिक निर्भर रहेकोप्रति चिन्ता व्यक्त गर्दै डा. भारद्वाजले मध्यपूर्वको अस्थिरताले नेपाललाई ठुलो संकटमा पार्न सक्ने चेतावनी दिए।

उनका अनुसार युरोप वा पूर्वी युरोपका हंगेरी, रोमानिया जस्ता देशहरू नयाँ श्रम गन्तव्यका रूपमा देखिएपनि मध्यपूर्वको विकल्प तत्कालै बन्न सक्ने अवस्था छैन।

यसको समाधानका लागि उनले ’स्वनिर्भर अर्थतन्त्र’ को अवधारणा अघि सारेका छन्। उनले भने,‘हाम्रो ६२ प्रतिशत जनशक्ति कृषिमा आधारित छ।

कृषिलाई आधुनिकीकरण गर्ने, किसानलाई अनुदान दिने र खाद्यान्न आयात रोक्ने हो भने ठुलो संख्यामा स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ। ‘हाइड्रोपावर, सडक र रेल्वे जस्ता श्रममूलक क्षेत्रमा स्वदेशी श्रम शक्तिलाई खपत गर्नुपर्ने उनको सुझाव छ।

कुटनीतिक कमजोरी र ‘बफर स्टेट’को भ्रम

नेपालको कुटनीतिक पक्ष अहिलेसम्मको सबैभन्दा कमजोर कडी रहेको भारद्वाजको ठम्याइ छ। सरकारले केवल विदेशी ऋण र अनुदानको औपचारिकतामा कुटनीतिलाई सीमित गरेको उनको आरोप छ।

वैदेशिक लगानीकर्ताका लागि कानुनी जटिलता र एनसेल जस्ता प्रकरणले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिगारेको उनले उल्लेख गरे।

विशेषगरी, केही समयअघि तत्कालीन अर्थमन्त्रीले छिमेकी देशको सन्दर्भमा ‘मनरो डक्ट्रिन’ वा ’नेहरू डक्ट्रिन’को आशय झल्किने गरी दिएको अभिव्यक्तिप्रति उनले कडा आपत्ति जनाए।

‘हिमालय नै हाम्रो सीमा हो भन्ने नेहरू डक्ट्रिनलाई बिपी कोइरालाले उतिबेलै विरोध गर्नुभएको थियो। अहिले आएर नेपाललाई कसैको सुरक्षा छाताभित्र राख्न खोज्नु आपत्तिजनक छ,’ उनले भने।

नेपाललाई बफर स्टेट (दुई ठुला देशबीचको मध्यवर्ती राज्य) मान्ने पुरानो धारणालाई खारेज गर्दै उनले भने, ‘हामी बफर स्टेट होइनौँ, एक स्वतन्त्र र सार्वभौम राष्ट्र हौँ। बफर स्टेट भन्नुको अर्थ आफ्नो हैसियत गिराएर आश्रित राज्य स्वीकार गर्नु जस्तै हो,’ उनले भने। जनसंख्या र सामथ्र्यका आधारमा नेपाल विश्वका साना देशहरूको सूचीमा नपर्ने भन्दै उनले नेपालको आफ्नै विशिष्ट पहिचान रहेको बताए।

पुस्तान्तरण र अनुभवको सन्तुलन

पछिल्लो समय राजनीतिमा ‘युवा’ शब्दलाई मात्र बढी जोड दिएर अनुभवी र पुराना विज्ञहरूलाई पाखा लगाउने प्रवृत्तिप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे।

‘समाज र राजनीतिको विकासमा ऐतिहासिक निरन्तरता र एक्युमुलेटेड विजडम (सञ्चित ज्ञान) को ठुलो भूमिका हुन्छ,‘उनले भने, ‘पुराना कुटनीतिज्ञ जसले भू–राजनीति र राष्ट्रिय स्वार्थ बुझेका छन्, उनीहरूको अनुभवलाई उपेक्षा गरेर मुलुक सही दिशामा जान सक्दैन।’

डा. भारद्वाजले नेपाल संकटका बेला पनि भोकै नमर्ने आत्मनिर्भर आधार भएको देश भएको दाबी गरे। १० वर्षे युद्धका बेला पनि नेपालले आफ्नो अस्तित्व जोगाएको उदाहरण दिँदै उनले भने,‘नेपाल एउटा शक्ति हो, तर हामीले आफ्नो भू–यथार्थ अनुसारको नीति अनुसरण नगर्दा मात्र पछि परेका हौँ । अब जनतालाई राष्ट्रभक्ति र सार्वभौमिकताप्रति जागरुक बनाउनुको विकल्प छैन।’

प्रकाशित: २०८३ बैशाख १६ गते बुधबार ०८:२०
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना