२०८३ कार्तिक २१ गते शुक्रबार

खरिद ऐन संशोधन: ठेक्का समय घट्यो, स्वदेशी सामानको नयाँ व्याख्या, ई-मार्केटप्लेसको अवधारणा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २२
ChatGPT Image May 5, 2026, 02_34_07 PM

काठमाडौँ: सरकारले सार्वजनिक खरिद प्रणालीलाई थप पारदर्शी, प्रतिस्पर्धी र नतिजामुखी बनाउँदै पुँजीगत खर्चको प्रभावकारिता बढाउन सार्वजनिक खरिद ऐनमा दोस्रोपटक संशोधन गरेको छ।

खरिद प्रक्रिया र ठेक्का समय घटाउने, स्वदेशी उद्योगलाई संरक्षण गर्न ३० प्रतिशत मूल्य अभिवृद्धिको अनिवार्य सर्त, लागत घटाउन ‘रिभर्स अक्सन’ (कबोल अंक घटाघट) विधिको सुरुवात र निर्माण कार्यमा हुने अवरोधलाई कानुनी रूपमै निषेधलगायतका व्यवस्था संशोधनमार्फत गरिएको छ।

अध्यादेशले मुलुकको पूर्वाधार विकास र आर्थिक क्रियाकलापमा नयाँ गति दिन विशेषगरी ई-मार्केटप्लेसको अवधारणा र स्वदेशी उत्पादनलाई प्राथमिकता दिएको छ।

स्वदेशी श्रम र कच्चा पदार्थ प्रयोग भई कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि भएका सामानलाई मात्र स्वदेशी मालसामान मानिने व्यवस्था गरिएको छ।विदेशबाट आयात गरी नेपालमा ब्रान्डिङ मात्र गरिएका सामानले स्वदेशी सुविधा पाउने छैनन्। सार्वजनिक निकायले खरिद गर्दा स्वदेशी सामानलाई प्राथमिकता दिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।

खरिद प्रक्रियामा प्रतिस्पर्धा बढाउन र लागत न्यूनीकरण गर्न ‘कबोल अंक घटाघट गर्ने विधि’ (रिभर्स अक्सन) थप गरिएको छ। यसमा तोकिएको समयभित्र बोलपत्रदाताहरूले एक-अर्काको दरभाउ हेरेर घटाघट गर्न पाउनेछन्।

बोलपत्र आह्वानको समयसीमा घटाएर कामलाई छिटो बनाउन खोजिएको छ। यसका लागि ३० दिनलाई २१ दिन, १५ दिनलाई ७ दिनमा झारिएको छ। विशेष परिस्थितिमा ७ दिनको सूचना दिएर पनि बोलपत्र आह्वान गर्न सकिनेछ।

योग्यता आवश्यक नपर्ने साना खरिदका लागि एक खाम र योग्यता चाहिने ठूला तथा जटिल कामका लागि दुई खाम (प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै) प्रणालीलाई व्यवस्थित गरिएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार गरेको ई-मार्केटप्लेसमा सूचीकृत मालसामान र सेवाहरू तोकिएको सीमासम्म सोझै खरिद गर्न सकिने व्यवस्था गरिएको छ। यसले साना खरिदमा हुने प्रशासनिक झन्झट अन्त्य गर्नेछ।

पूर्वाधार निर्माणका क्रममा पक्षहरूबीच विवाद भए पनि त्यसै कारणले काम रोक्न पाइने छैन। यसले विवादका कारण आयोजना अलपत्र पर्ने समस्या समाधान गर्नेछ।

लागत अनुमानभन्दा ३० प्रतिशतभन्दा बढी घटेर आउने बोलपत्रदाताले आफ्नो दर विश्लेषण पेस गर्नुपर्नेछ। चित्तबुझ्दो आधार नदेखिएमा त्यस्तो बोलपत्र अस्वीकृत गर्न सकिनेछ।

निर्धारित समयभित्रै गुणस्तरीय काम सम्पन्न गर्ने कर्मचारीलाई प्रोत्साहन सुविधा र निर्माण व्यवसायीलाई पुरस्कार तथा प्रशंसापत्र दिने नयाँ व्यवस्था गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत एक ‘सरकारी खरिद सेवा कार्यालय’ रहने व्यवस्था गरिएको छ, जसले सार्वजनिक निकायहरूलाई खरिद प्रक्रियामा सहयोग गर्नेछ।

विद्युतीय खरिद प्रणालीबाट बोलपत्र आह्वान गर्दा अन्य सञ्चार माध्यममा सूचना छाप्न नपर्ने, बोलपत्रमा योग्यता पुग्ने दुई वा दुईभन्दा बढी फर्मको अंक बराबर भएमा गोला प्रथाबाट छनोट गरिने र मोबिलाइजेसन पेश्की बैंक जमानतको आधारमा बढीमा २० प्रतिशतसम्म मात्र दिन सकिने व्यवस्था थप गरिएको छ।

प्रकाशित: २०८३ बैशाख २२ गते मङ्गलबार ०२:३५
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना