२०८३ असोज १८ गते आईतबार

सहकारी ऐन संशोधन: बचतकर्ताको रकम फिर्ता गर्न ‘राहत कोष’, ऋणीबाट बढी ब्याज असुल्न नपाइने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २२
sahakari
सन्दर्भ तस्बिर

काठमाडौँः सहकारी क्षेत्रमा देखिएको गम्भीर संकट समाधान गर्न सरकारले अध्यादेशमार्फत ‘सहकारी ऐन (पहिलो संशोधन) २०८३’ जारी गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी अध्यादेशले बचतकर्ताको रकम सुरक्षित गर्न र क्षेत्रलाई व्यवस्थित बनाउन महत्वपूर्ण व्यवस्था ल्याएको छ।

अध्यादेशअनुसार अब सहकारी बैंक सञ्चालनका लागि नेपाल राष्ट्र बैंकको अनिवार्य स्वीकृति लिनुपर्नेछ भने अनुगमन पनि कडाइका साथ गरिनेछ।

सबैभन्दा महत्वपूर्ण रूपमा सरकारले समस्याग्रस्त सहकारीका पीडित बचतकर्तालाई राहत दिन ‘चक्रीय राहत कोष’ स्थापना गर्ने भएको छ। यस कोषमार्फत तत्काल बचत फिर्ता गरिने र पछि सहकारीको सम्पत्ति बिक्री गरेर रकम असुल गरिने व्यवस्था गरिएको छ।

त्यस्तै, बचत अपचलन गर्ने सञ्चालक र कर्मचारीको सम्पत्ति, बैंक खाता तथा सेयर रोक्का गरिनेछ भने विदेश यात्रा प्रतिबन्ध र राहदानी जफतसम्मको कडा कारबाही गरिने प्रावधान राखिएको छ।

ऋणीका लागि पनि राहत दिँदै अब सहकारीले असुल्ने ब्याज रकम साँवाभन्दा बढी हुन नपाउने व्यवस्था गरिएको छ। साथै, सबै सहकारीले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने र बिना अनुमति सञ्चालन गर्न नपाइने प्रावधानले अवैध गतिविधि नियन्त्रण हुने अपेक्षा गरिएको छ।

सरकारले कर्जा सूचना प्रणालीलाई प्रभावकारी बनाउने र सहकारी संघहरूको भूमिका सीमित गर्ने नीति पनि अघि सारेको छ। नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि सहकारी क्षेत्रमा विश्वास पुनःस्थापित हुने र ठगी नियन्त्रणमा मद्दत पुग्ने विश्वास गरिएको छ।

प्रकाशित: २०८३ बैशाख २२ गते मङ्गलबार ०३:०१
प्रतिक्रिया

थप समाचार

एक रूपैयाँका ४० करोड थान सिक्का छाप्दै राष्ट्र बैंक

काठमाडौँः नेपाल राष्ट्र बैंकले एक रुपैयाँ दरका ४० करोड थान सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। सिक्काको डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीका लागि राष्ट्र बैंकले प्रक्रिया अघि...

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट...

शुक्रबार १८ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौँः बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) १८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन...

एक दर्जन बैंकले सेयरधनीलाई दसैंअघि लाभांश दिने

केही वाणिज्य बैंक र विकास बैंकले लाभांश घोषणा गरिसकेका छन्। केही बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभाको मिति समेत तय गरेका छन्। लाभांश घोषणा गर्ने बैंकहरूको संख्या बढ्दै जाँदा सेयरधनीले...

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ: सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बिहिवार अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यसअनुसार...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना