काठमाडौं। सरकारले आज सोमबार आगामी आर्थिक वर्ष ०८३/०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै छ। आज अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।
गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आज सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने निर्णय गरेको थियो।
यसअघि पहिले प्रि–बजेट छलफलपछि नीति तथा कार्यक्रम ल्याइने गरेकोमा अघिल्लो वर्ष नीति तथा कार्यक्रम ल्याएपछि मात्रै प्रि–बजेट छलफल भएको थियो।
प्रत्येक वर्षको जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि नीति तथा कार्यक्रम र प्रि–बजेट छलफल हुने गरेको थियो।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नयाँ सरकारले नयाँ आर्थिक सुधारको योजना ल्याउने जानकारी दिइसकेका छन्। नीति तथा कार्यक्रमले आर्थिक सुधारको नयाँ खाका दिने अनुमान गरिएको छ।


