काठमाडौँः सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशीलाको रुपमा ग्रहण गर्दै, आर्थिक पुनरुत्थान लगायतलाई अभियानका रुपमा अघि बढाउने भएको छ ।
सोमबार (आज) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी कार्यक्रमबारे जानकारी गराएका हुन्।


