काठमाडौँः सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित बनाउने घोषणा गरेको छ ।
राष्ट्र पति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत आर्थिक कारोबार नगद रहित बनाउने घोषणा गरेका हुन् । पौडेलका अनुसार आगामी आर्थिक वर्षमा आर्थिक कारोबार नगद रहित र पारदर्शी बनाइनेछ ।


