काठमाडौं। सरकारले मुलुकको अर्थतन्त्रलाई डिजिटल बनाउने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै डिजिटल अर्थतन्त्र बनाउने घोषणा गरेका हुन्।
हाल कायम रहेका परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको हो।
सरकारले नेपाललाई विश्वकै एक टेक हबका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।


