काठमाडौँ: नेपालको बजेट प्रणालीमा वैदेशिक सहायताको निर्भरता ठुलो देखिए पनि वास्तविक प्राप्ति भने निकै कमजोर देखिएको छ।
महालेखाका अनुसार वैदेशिक अनुदानतर्फ ५२ अर्ब ३२ करोड प्राप्त हुने अनुमान गरिएकोमा मात्र २९ अर्ब ६५ करोड (५६ प्रतिशत) प्राप्त भएको छ।
त्यस्तै वैदेशिक ऋणतर्फ २ खर्ब १७ अर्बको लक्ष्य राखिएकोमा जम्मा १ खर्ब २६ अर्ब मात्र प्राप्त भएको छ।


