२०८३ कार्तिक २० गते बिहिबार

राष्ट्रिय गौरवका २७ आयोजना: तीन सम्पन्न, अन्यको लागत र समय दुवै अनिश्चित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १
hydro

काठमाडौँ: मुलुकको मुहार फेर्ने भनिएका २७ वटा राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न हुन सकेका छैनन्। महालेखाका परीक्षकको कार्यालयकव ६३औँ वार्षिक प्रतिवदेनअनुसार अधिकांश आयोजनाको लागत सुरुवाती अनुमान भन्दा दोब्बर-तेब्बर पुगेको छ भने सम्पन्न हुने मिति पटक-पटक सर्दै आएको छ ।

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, सिँचाइ आयोजनाहरू र मेलम्ची खानेपानी आयोजनामा भएको ढिलाइले राज्यलाई अर्बौँको अतिरिक्त आर्थिक भार परेको छ। प्रतिवेदनले आयोजनाको छनोट गर्दा तयारी पूरा नगर्ने, जग्गा प्राप्तिमा ढिलाइ र ठेक्का व्यवस्थापनमा रहेका कमजोरीका कारण पुँजीगत बजेटको ठुलो हिस्सा फ्रिज हुने वा दुरुपयोग हुने अवस्था रहेको जनाएको छ।

नेपाल सरकारले २०६८/६९ मा समृद्ध नेपालको लागि सडक पूर्वाधार विकासको आधारशीला निर्माण गर्ने, सिँचाइ सुविधामार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने, जलविद्युत्, विमानस्थल निर्माण, खानेपानी व्यवस्थापन, सांस्कृतिक सम्पदाको संरक्षण लगायतका क्षेत्रमा महत्त्वपूर्ण देखिएका १६ आयोजनालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयनका लागि राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको थियो।

त्यस्ता आयोजनाको संख्या यस बीचमा १० वटा थपिएर कुल २७ पुगेका छन्। जसमध्ये माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको छ। पश्चिम सेती जलविद्ययुत् आयोजना र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य नै अघि नबढेकोमा अन्य आयोजनाहरूको निर्माण सम्पन्न हुन सकेको छैन।

राष्ट्रिय योजना आयोगको विवरणअनुसार यो वर्ष सम्म २७ राष्ट्रिय गौरवका आयोजनाको संशोधित लागत अनुमान रु. २४ खर्ब १५ अर्ब ६ करोड ९७ लाख र ६९.७ करोड डलर रहेकोमा २०८१/८२ सम्म सम्पन्न भएका गौतमबुद्ध विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बाहेकमा हालसम्म रु. ५ खर्ब ४ अर्ब ५५ करोड खर्च भएको छ।

राष्ट्रिय गौरवका २७ आयोजनामध्ये सम्पन्न भएका ३ आयोजना, समष्टिगत भौतिक प्रगति ८० प्रतिशत वा सोभन्दा माथि हासिल गर्ने ५ आयोजना, ५० देखि ८० प्रतिशत हासिल गर्ने ४ आयोजना रहेका छन् भने ५० प्रतिशतभन्दा न्यून प्रगति हासिल गर्ने आयोजना ९ तथा भौतिक प्रगति नखुलेका ४ आयोजना तथा सुरु नभएका २ आयोजना रहेका छन्।

आर्थिक वर्ष २०७८/७९ सम्म सम्पन्न गर्नपर्ने अवधि रहेको पशुपति क्षेत्र विकास कोषको हालसम्मको प्रगति खुलासा गरेको छैन भने सम्पन्न हुने अवधि समेत तोकिएको छैन। अधिकांश आयोजनाहरू कार्यक्षेत्र थप गर्दै जाने तथा सुरु निर्माण सम्पन्न गर्नुपर्ने अवधिमा सम्पन्न नभई म्याद थप गर्दै लगेको देखिएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: २०८३ जेठ १ गते शुक्रबार ०५:०३
प्रतिक्रिया

थप समाचार

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

तीन दर्जन पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुँदै

काठमाडौँः स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
bank brokar
बैंकिङ

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना