२०८३ असोज १८ गते आईतबार

भारतले ७९ लाख टन खानेतेल आयात गर्दा नेपालबाट निर्यात कति?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ३
oil

काठमाडौं। भारतमा खानेतेलको आयात १३ प्रतिशत बढेको छ। यो आर्थिक वर्षको छ महिनामा भारतले ७९ लाख ४ हजार टन खानेतेल आयात गरेको सोल्भेन्ट एक्स्ट्र्याक्टर्स एसोसिएसन अफ इन्डिया (एसईए) ले जनाएको छ।

विश्वकै धेरै खाना पकाउने तेल खरिद गर्ने भारतले अघिल्लो वर्ष सोही अवधिमा ७० लाख४ हजार टन खानेतेल आयात गरेको थियो। भारतले नेपाल, मलेशिया, इन्डोनेसिया, अर्जेन्टिना, ब्राजिल, रसिया र युक्रेनबाट खानेतेल आयात गर्दै आएको छ।

भारतको भन्सार नीतिले केएल दुगडको तेल व्यापारमा चमक, साढे १४ अर्बको कारोबार

यस्तै मूल्यको हिसाबले नोभेम्बरदेखि अप्रिल अवधिको आयात १९ प्रतिशतले बढेर आठ खर्ब ७० अर्ब भारु पुगेको छ। जुन एक वर्ष अघि सात खर्ब ३० अर्ब भारु थियो।
कुल आयातमध्ये, खाद्य तेल ७८ लाख दुई हजार टन र अखाद्य तेल एक लाख २१ हजार टन रहेको छ।

छ महिनामा नेपालले भारतमा दुई लाख १७ हजार टन प्रशोधित तेल निर्यात गरेको छ। जसमा मुख्यतया प्रशोधित भटमासको तेल, थोरै मात्रामा प्रशोधित सूर्यमुखी तेल, आरबीडी पामोलिन र रेपसीड तेल रहेका छन्।

भारतको भन्सार नीतिले बाबा भेजिटेवलको व्यापारमा उछाल, छ अर्बको खानेतेल कारोबार

पाम तेलको आयात अघिल्लो वर्ष २७ लाख चार टनबाट लगभग दोब्बर भएर ३९ लाख सात हजार टनमा पुगेको छ भने सोयाबिन र सूर्यमुखी तेल सहितको नरम तेलको ढुवानी ४१ लाख तीन हजार टनबाट घटेर ३८ लाख पाँच हजार टनमा झरेको छ।

इन्डोनेसिया र मलेसिया भारतलाई पाम तेलको प्रमुख निर्यातकर्ता हुन्। अर्जेन्टिना सोयाबिन तेलको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो। त्यसपछि ब्राजिल रहेको छ। यसैगरी रूस र युक्रेन सूर्यमुखी तेलको मुख्य स्रोत हुन्।

भारतको सहुलियतले आरएमसी फुडको तेलको व्यापार २७२ प्रतिशत वृद्धि, १८ अर्बको कारोबार

खाना पकाउने तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। अप्रिल २०२५ को तुलनामा पाम तेलको मूल्य १४.१५ प्रतिशतले बढेको छ। सोही अवधिमा सोयाबिन तेल र सूर्यमुखी तेलको मूल्य १७ प्रतिशतदेखि २२ प्रतिशतसम्म बढेको छ।

गत वर्ष डलरको तुलनामा भारतीय रुपैयाँको ९.२ प्रतिशतभन्दा बढीको अवमूल्यनले आयात लागत बढाएको एसियाले जनाएको छ। यसलाई आयातकर्ता र रिफाइनरहरूलाई चिन्ता बढाएको छ।

भारतीय भन्सार नीतिको प्रभाव, नारायणी आयलको व्यापार १३१ प्रतिशत बढेर पुग्यो सवा १० अर्ब

मे २०२५ मा १३ लाख हजार टन रहेको वनस्पति तेलको कुल भण्डार मे २०२६ मा बढेर २१ लाख दुई हजार टन पुगेको छ। डिसेम्बर २०२५ देखि पाइपलाइन भण्डारमा स्थिर वृद्धि भएको छ। जसले तेल वर्षको दोस्रो आधामा आपूर्ति उपलब्धतामा सुधार आएको संकेत गर्दछ।

साउथ एसिया स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अनुसार भारतले सहुलियत दिएपछि नेपालबाट भारतमा खानेतेल निर्यात बढेको हो। खानेतेल निर्यात बढेपछि उद्योगहरुको व्यापार पनि बढेको छ। नेपालबाट सबैभन्दा बढी भटमासको तेल निर्यात हुने गरेको छ। त्यसपछि पामआयल र वनस्पति घिउ रहेको छ।

नेपालका त्रिवेणी ग्रुप, केएल दुगड ग्रुप, आरएमसी ग्रुपलगायत ठूला व्यवसायिक घरनाबाट सञ्चालित उद्योगहरुबाट खाने तेल निर्यात हुने गरेको छ।

 

प्रकाशित: २०८३ जेठ ३ गते आईतबार ०७:४९
प्रतिक्रिया

थप समाचार

सस्तो इन्टरनेटका प्याकेज बन्द गर्ने तयारी, आईएसपीले बढ्दो लागतलाई देखायो कारण

काठमाडौँः इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूले आगामी सोमबारदेखि हाल उपलब्ध गराउँदै आएका सस्तो मूल्य र कम गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन नसक्ने बताएका छन्। आईएसपीहरूको तर्फबाट जारी प्रेस...

माछापुच्छ्रे बैंकले सार्वजनिक गर्‍यो ग्राहक सेवामुखी च्याटबोट ‘माछापुच्छ्रे’

काठमाडौँ: माछापुच्छ्रे बैंकले ग्राहकलाई सहज र स्मार्ट बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ ग्राहक सेवामुखी च्याटबोट सार्वजनिक गरेको छ। बैंकले ग्राहकका नियमित बैंकिङसम्बन्धी जिज्ञासा...

उर्लाबारीका १५० सिटी सफारी चालकलाई कामना सेवा विकास बैंकले दियो भिजिबिलिटी ज्याकेट

काठमाडौँ: कामना सेवा विकास बैंक लिमिटेडले मोरङको उर्लाबारीमा १५० जना सिटी सफारी चालकलाई भिजिबिलिटी ज्याकेट वितरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत...

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौँ: कुमारी बैंक लिमिटेडका ग्राहकले ठमेलस्थित रमदा अन्कोर बाइ विइन्डम होटलका विभिन्न सेवा तथा सुविधामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। कुमारी बैंक र होटलबीच ग्राहकलाई होटल तथा रेस्टुरेन्टका...

हिमालय एयरलाइन्सद्वारा काठमाडौँबाट चीनको हाङझाउमा सिधा उडान सुरु

काठमाडौँः हिमालय एयरलाइन्सले काठमाडौँ–हाङझाउ–काठमाडौँ रुटमा सिधा उडान सेवा सुरु गरेको छ। कम्पनीले नेपाल र चीनबीच हवाई सम्पर्क विस्तार गर्ने उद्देश्यसहित सेप्टेम्बर ३० (असोज) १४ गते) देखि...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना