२०८३ कार्तिक २० गते बिहिबार

बीपी राजमार्ग पुनर्निर्माण सुस्त, जापानको २.६० अर्बमा ३.२ किमी निर्माण हुने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १४
bp_high

रामेछाप। बीपी राजमार्ग अन्तर्गत काभ्रे–सिन्धुली खण्डको काभ्रेको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्म बाँकी रहेको सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को अनुदान सहयोगमा दुई लेनमा निर्माण गरिने भएको छ।

२ अर्ब ६० करोड रुपैयाँ अनुदानमा निर्माण हुन लागेको ३.२ किलोमिटर सडकको ठेक्का जापानी कम्पनी शिमिजु कर्पोरेसनले लिएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए। सो सडकको एक कार्यक्रमबीच शिलान्यास गरिएको छ।

वि।सं। २०८१ सालको असोजमा आएको बाढीले भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको बीपी राजमार्गको ३०.५ किलोमिटर सडक खण्डमा ठूलो क्षति पुर्याएको थियो। उक्त क्षतिग्रस्त सडक मध्ये २७.३ किलोमिटर सडक पुनर्निर्माणका लागि एक वर्षअघि नै ठेक्का प्रक्रिया अघि बढाइएको थियो।

काभ्रे तर्फ तीन र सिन्धुलीतर्फ एक गरी विभिन्न प्याकेजमा निर्माण सम्झौता गरिएको छ। सिन्धुलीतर्फ बर्खे खोलादेखि गजुलीदहसम्मको ५ किलोमिटर सडक खण्ड खरिढुंगा घिसिङ–क्षितिज जेभीले भ्याट बाहेक ५५ करोड रुपैयाँमा निर्माण गरिरहेको सिन्धुली सडक डिभिजन कार्यालय खाल्टेका प्रमुख पारसमणिले बताए।

त्यस्तै काभ्रेतर्फ भकुण्डेबेँसीदेखि चारसयबेँसीसम्मको ११ किलोमिटर सडक खण्ड लामा–नवकान्तिपुर जेभीले १ अर्ब १४ करोड रुपैयाँमा ठेक्का लिएको छ।

चारसयबेँसीदेखि डाला बेँसीसम्मको ९ किलोमिटर सडक खण्ड खानी–कमल जित–एवान जेभीले भ्याट बाहेक १ अर्ब २२ करोड रुपैयाँमा निर्माण गर्ने गरी २०८२ असारमा सम्झौता गरेको छ।

यस्तै डाला बेँसीदेखि पिप्लेसम्मको २.३ किलोमिटर सडक खण्ड उमा एन्ड कम्पनी–भण्डारी–अमर ज्योति जेभीले ६८ करोड ८० लाख रुपैयाँमा २०८२ कात्तिकमा ठेक्का सम्झौता गरेको जनाइएको छ।

जाइकाले निर्माण गर्ने सडक खण्डको शिलान्यास पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल र नेपालका लागि जापानका राजदूत मायदा तोरुले संयुक्त रूपमा सिन्धुली र काभ्रेको सीमा क्षेत्र बर्खेखोलामा गरेका छन्।

शिलान्यास कार्यक्रममा जाइका नेपालका मुख्य प्रतिनिधि मात्सुजाकी मिजुरी, सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहरा दाहाल, उपाध्यक्ष कपिलकुमार कोइराला, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामालगायत जनप्रतिनिधि, निर्माण कम्पनीका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

सरकारमार्फत निर्माण भइरहेका सडक र जापान सरकारको अनुदानमा बन्न लागेको सडकको प्रविधि, गुणस्तर र सौन्दर्यमा ठूलो अन्तर देखिने भन्दै स्थानीयले सडक डिभिजन कार्यालयको निगरानीमा भइरहेको निर्माण कार्यमा गुणस्तरसम्बन्धी प्रश्न उठ्ने ठाउँहरू प्रशस्तै रहेको बताए। उनीहरूले प्रभावकारी अनुगमन आवश्यक रहेकोमा जोड दिए।

जाइकारमार्फत निर्माण हुने सडक खण्डको काम वर्षा सकिएपछि तीव्र रूपमा अघि बढाइने जनाइएको छ।

प्रकाशित: २०८३ जेठ १४ गते बिहिबार ०७:५६
प्रतिक्रिया

थप समाचार

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

तीन दर्जन पूर्वाधार परियोजनामा लगानी जुटाउन मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुँदै

काठमाडौँः स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब...

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
bank brokar
बैंकिङ

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना