२०८३ कार्तिक २१ गते शुक्रबार

शंकास्पद कारोबार बढ्दो, नेपाल ग्रे–लिस्टबाट बाहिरिनेमा शंका

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १४
Sampati

काठमाडौँ: नेपालमा शंकास्पद वित्तीय कारोबारसम्बन्धी प्रतिवेदनको संख्या निरन्तर बढिरहेको देखिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार वित्तीय जानकारी इकाईमा प्राप्त हुने यस्ता प्रतिवेदन उल्लेख्य रूपमा वृद्धि भएका हुन्।

गत आर्थिक वर्ष २०८१/०८२ मा कुल नौ हजार ५६५ वटा शंकास्पद कारोबार तथा गतिविधिसम्बन्धी प्रतिवेदन प्राप्त भएका थिए। तीमध्ये दुई हजार २८२ प्रतिवेदनको विश्लेषण गरी ९४५ वटा अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको थियो।

चालू आर्थिक वर्षको चैतसम्म छ हजार २९० वटा प्रतिवेदन प्राप्त भइसकेका छन्। तीमध्ये एक हजार ६४८ प्रतिवेदन विश्लेषण गरी ८५३ वटा अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

गो–एएमएल प्रणालीमा आबद्ध सूचक संस्थाको संख्या पनि बढ्दो क्रममा रहेको छ। २०८२ असारसम्म तीन हजार ४९७ संस्था आबद्ध रहेकोमा चैतसम्म यस्तो संख्या पाँच हजार १८४ पुगेको छ। सूचना आदानप्रदानलाई प्रभावकारी बनाउन आठ कानून कार्यान्वयन निकाय र नौ नियामक निकायसमेत उक्त प्रणालीमा जोडिएका छन्।

वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले नेपाललाई २०८१ फागुनदेखि ‘ज्युरिडिक्सन अन्डर इन्क्रिज्ड मोनिटरिङ’ अर्थात् ग्रे–लिस्टमा राखेपछि सरकारले सुधारात्मक कदम तीव्र बनाएको जनाएको छ। ग्रे–लिस्टबाट बाहिरिन आवश्यक सुधार योजनालाई २०८२ मा स्वीकृत गरी कार्यान्वयन अघि बढाइएको सर्वेक्षणमा उल्लेख गरिएको छ।

राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्षमा राजस्व चुहावटसम्बन्धी कसुरमा दुई अर्ब ६४ करोड ६३ लाख रुपैयाँ बिगो कायम गर्दै सो बराबर जरिवानासहित विभिन्न अदालतमा मुद्दा दायर गरेको थियो। चालू आर्थिक वर्षको फागुनसम्म भने पाँच अर्ब ३४ करोड ७६ लाख रुपैयाँ बराबरको मागदाबीसहित मुद्दा दायर भएका छन्।

त्यस्तै, विदेशी विनिमय अपचलनको कसुरमा गत वर्ष एक अर्ब ३९ करोड ७६ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो। चालु आर्थिक वर्षको फागुनसम्म भने १६ करोड ९३ लाख २४ हजार रुपैयाँ बराबरको मागदाबी गर्दै विभिन्न जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा चालु आर्थिक वर्षको फागुनसम्म तीन वटा मुद्दामा ४७ करोड रुपैयाँ बिगो तथा ९५ करोड रुपैयाँ जरिवाना माग गर्दै कुल एक अर्ब ४२ करोड रुपैयाँ बराबरको सजाय मागदाबीसहित जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरिएको छ।

विभागका अनुसार २०८२ असारसम्म १३ अर्ब ६९ करोड रुपैयाँ बिगो दाबीसहित १२१ मुद्दा दायर भएका थिए। चालू आर्थिक वर्षको फागुनसम्म भने १० अर्ब ९८ करोड रुपैयाँ बिगो दाबीसहित ६ वटा मुद्दा दर्ता भएका छन्।

आर्थिक सर्वेक्षणले कसुरजन्य सम्पत्ति तथा साधनसम्बन्धी मार्गदर्शन–२०८२ स्वीकृत भई कार्यान्वयनमा आएको पनि जनाएको छ। विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको चार करोड ४५ लाख ६६ हजार रुपैयाँ बराबरको कसुरजन्य सम्पत्ति जफत गरी सम्पत्ति व्यवस्थापन कोषमा जम्मा गरिएको छ। उक्त कोषमा हालसम्म २९ करोड ८९ लाख २५ हजार रुपैयाँ संकलन भएको उल्लेख छ।

प्रकाशित: २०८३ जेठ १४ गते बिहिबार ०१:१५
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना