काठमाडौँः आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्न आज शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक दिउँसो २:३० बजेका लागि बोलाइएको छ।
मन्त्रिपरिषद्बाट बजेट अनुमोदन भएपछि अर्थमन्त्री स्वर्णिम वाग्ले ले संघीय संसद्को संयुक्त बैठकमा वार्षिक बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बजेट प्रस्तुतिका लागि दिउँसो ४ बजे संयुक्त बैठक आह्वान गरिएको छ।
यस वर्षको बजेट स्वर्णिम वाग्ले नेतृत्वको अर्थ मन्त्रालयले तयारी गरेको हो। सरकारले आर्थिक सुधार, रोजगारी सिर्जना, पूर्वाधार विकास तथा निजी क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै बजेट ल्याउने अपेक्षा गरिएको छ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि स्पष्ट बहुमतसहित गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले पहिलो पूर्ण बजेट सार्वजनिक गर्न लागेको हो।


