काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करका दरमा व्यापक हेरफेर गरेका छन्। शुक्रबार संघय संसद् अन्तर्गत दुवै सदनलाई सम्बोधन गर्दै उनले उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करका दरमा बृहत् पुनरावलोकन गरेको बताए।
करको बोझ घटाउन आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि १० लाख रुपैयाँ पुर्याएको जानकारी उनले दिए।
व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत बिन्दुले घटेको छ।
औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तीमा एक तह न्यून हुने गरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ।
यस्तै विद्यमान ११ तहको भन्सार दरलाई ७ तहमा सीमित गरिएको छ भने हाल ३६० वस्तुमा लागी आएको अन्तःशुल्क खारेज गरिएको छ।


