काठमाडौँः सरकारले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा शिक्षकहरूको सेवा सुविधा वृद्धि गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै सेवा सुविधामा सम्मानजनक वृद्धि गरिने बताएका हुन्।
सरकारले कर्मचारीको मनोबल उच्च बनाउने, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा जीवनयापनको बढ्दो खर्चलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाएको छ।
बजेट वक्तव्यअनुसार सेवा सुविधा वृद्धिसम्बन्धी विस्तृत व्यवस्था सम्बन्धित निकायमार्फत कार्यान्वयन गरिनेछ।


