काठमाडौँः सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूलाई विदेशी स्टक एक्सचेन्जमा समेत सूचीकृत हुन सक्ने व्यवस्था गर्ने घोषणा गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो नीति सार्वजनिक गरेका हुन्।
सरकारले निश्चित प्रक्रिया पूरा गरेका कम्पनीलाई ग्लोबल डिपोजिटरी रिसिप्ट (जीडीआर) जारी गर्न सकिने व्यवस्था मिलाउने जनाएको छ। यस व्यवस्थामार्फत नेपाली कम्पनीहरूले अन्तर्राष्ट्रिय पूँजी बजारमा पहुँच विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुनर्संरचना अघि बढाइ इन्ट्राडे, सर्टसेलिङ र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध सुरुवात गर्ने उनले बताए ।


