काठमाडौँः सरकारले निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेशन आयोजना सम्पन्न गर्न आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै ऊर्जा पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राखिएको बताएका हुन्।
सरकारले विद्युत् प्रसारण प्रणालीलाई थप सुदृढ बनाउँदै उत्पादित विद्युत् देशभित्र प्रभावकारी रूपमा वितरण गर्न तथा निर्यात क्षमता विस्तार गर्न आवश्यक पूर्वाधार निर्माणमा लगानी बढाएको जनाएको छ।
विनियोजित बजेट प्रसारण लाइन विस्तार, नयाँ सबस्टेशन निर्माण तथा विद्युत् प्रणालीको आधुनिकीकरणमा खर्च गरिनेछ। सरकारले यस कदमले ऊर्जा क्षेत्रको दीर्घकालीन विकास र विद्युत् व्यापार विस्तारमा सहयोग पुग्ने विश्वास गरेको छ।


