काठमाडौँः सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै स्वास्थ्य सेवा विस्तार, उपचार पहुँच सुधार तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राखिएको बताएका हुन्।
बजेटअनुसार सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ तथा स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका लागि १३ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको छ।
सरकारले गुणस्तरीय स्वास्थ्य सेवा सबै नागरिकसम्म पुर्याउने, स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्ने तथा सामाजिक सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।


