काठमाडौँ: सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
यसमध्ये चालू खर्चका लागि १२ खर्ब ७० अर्ब, पुँजीगत खर्च चार खर्च २१ अर्ब र वित्तीय व्यवस्थापन चार खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिएका छन्।
यस्तै कुल बजेटमा करबाट १४ खर्ब पाँच अर्ब, अनुदान ६१ अर्ब, वैदेशिक ऋण दुई खर्ब ४६ अर्ब र आन्तरिक ऋण चार खर्ब १० अर्ब रुपैयाँ रहेको उनले जानकारी दिए।


