काठमाडौँ: सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै महँगी भत्ता कायम राखेर आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको जानकारी दिए।
यस्तै, १० प्रतिशत मासिक प्रोत्साहन भत्ता कर्मचारीले पाउने छन्।
तलब बढेसँगै अब सरकारी कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एक लाख बढी कायम भएको छ।


