२०८३ कार्तिक २३ गते आईतबार

सात प्रतिशत आर्थिक वृद्धि हासिल गर्न चुनौती

 |  बुद्धि मल्ल
Sanket

बुद्धि मल्ल

काठमाडौँ, जेठ १५
buddhi_malla

सरकारले आर्थिक वर्ष २०८३/८४ ल्याएको छ। नेपालको पहिलो बजेट घोषणा विक्रम सम्बत २००८ मा भएको थियो। उक्त बजेटको आकार ५ करोड २५ लाखको थियो भने बहुदलको घोषणा भएपछि २०४८/४९ मा २६ अर्ब ६४ करोडको बजेट आएको थियो। पहिलो बजेट घोषणा भएको ७५ वर्षमा आज आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएको छ।

अहिलेको बजेटले ४ प्रमुख नाराको व्यवस्था गरेको छ।

  • सक्नेले छोडौँ, नसक्नेलाई जोडौं भन्ने सामाजिक सुरक्षा सम्बन्धी नारा
  • एक नागरिक एक डिजिटल प्रोफाइल भन्ने डिजिटल पहिचान सम्बन्धी नारा
  • सफा सौचालय अभियान
  •  धुलो र खाल्डोमुक्त काठमाडौं।

बजेटका केही मुख्य अंशहरू निम्न बमोजिम छन्।

१. बजेटको आकार

२. बजेटको लक्ष्य ː
आर्थिक वृद्धि ७ प्रतिशत र मुद्रास्फिति ६ प्रतिशत।
बजेटको श्रोत: राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड, बैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड र ऋणबाट ६ खर्ब ५७ अर्ब २९ करोड। ऋणमध्ये २ खर्ब ४७ अर्ब २८ करोड बैदेशिक ऋण र ४ खर्ब १० अर्ब आन्तरिक ऋण लिने लक्ष्य रहेको छ।

३. बजेटका मुख्य बुंदाहरू
बजेटले धेरै क्षेत्रहरूलाई समेट्न खोजेको छ। यसपालि पनि ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिइएकोले र पुँजीगत खर्चमा जम्मा ५.१८ प्रतिशतको मात्रै वृद्धि गरिएकोले यो लक्ष्य हाँसिल गर्न चुनौती हुनेछ।
लगानीको वातावरण राम्रो बन्दै जाओस्। एकपटकको नेपाली सधैँको नेपाली भन्ने नाराले गैरआवसिय नेपालीहरूलाई नेपालमा लगानी गर्न आकर्षित गरेको छ। तर नेपालीहरूलाई विदेशमा लगानी गर्न पनि सहज गरिँदा ती उद्यमीहरूले नेपालमा गर्ने लगानीको प्रतिफलको सुनिश्चिता हुन सकेन भने उनीहरूले आफ्नो लगानी अन्तराष्ट्रिय बजारमा गर्न सम्भावना रहन सक्छ। जसले गर्दा पुँजी पलायन हुनसक्न जोखिम पनि हुनसक्छ भनेर सरोकारवाला चनाखो हुनु आवश्यक छ।
नेपालले सन् १९८४ मा ९.६८ प्रतिशतको आर्थिक वृद्धि हांसिल गरेको थियो भने त्यसपछि २०१७ मा ८.९८ प्रतिशत, १९८१ मा ८.३४ प्रतिशत, १९८४ मा ८.२२ प्रतिशत, १९८८ मा ७.७ प्रतिशत, २०१८ मा ७.६२ प्रतिशत, १९६४ मा ७.५३ प्रतिशत, र १९६४ मा ७.०४ प्रतिशतको आर्थिक वृद्धि हाँसिल गर्न सफल भएको थियो भने अन्य विभिन्न ६ पटक ६ देखी ७ प्रतिशतको आर्थिक वृद्धि हांसिल गर्न सफल भएको छ।
यसपटक समग्रमा बजेटले धेरै कुराहरू समेट्न खोजेको छ। बजेटको सफल कार्यान्यवन होस्।

(लेखक डा. मल्ल रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन्।)

प्रकाशित: २०८३ जेठ १५ गते शुक्रबार ०८:५०
प्रतिक्रिया

थप समाचार

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेवारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।

कानुनभन्दा माथि प्रधानमन्त्री पनि छैनन्: सुनकोशी–मरिण प्रकरणले उठाएका गम्भीर प्रश्न

कानुनी राज्यमा कार्यकारी शक्ति कानुनको अधीनमा रहन्छ। कानुन कार्यकारी इच्छाको अधीनमा होइन। यदि यो भ्रष्टाचारको नियतले गरे–गराइएको हो भने अख्तियार अवश्य नै सजग हुनुपर्छ।

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना