काठमाडौँ: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएको छ। शुक्रबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय संसद्का दुवै सदनमा बजेट पेस गरे।
उनले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएका छन्।
जसमा चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत तर्फ ४ खर्ब ३१ अर्ब १० करोड र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २२ अर्ब २४ करोड विनियोजन गरिएको छ।
मन्त्रालयगत सबैभन्दा बढी पूर्वाधार विकास मन्त्रालयलाई ३ खर्ब २ अर्ब ८३ करोड रुपैयाँ विनियोजन भएको छ भने सबैभन्दा कम कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई ५८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
यस्तो छ मन्त्रालयगत बजेट विनियोजन
पूर्वाधार विकास मन्त्रालय — ३ खर्ब २ अर्ब ८३ करोड
शिक्षा तथा खेलकुद मन्त्रालय — २ खर्ब १८ अर्ब ३० करोड
महिला, बालबालिका मन्त्रालय — १ खर्ब २२ अर्ब ६१ करोड
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय — १ खर्ब १४ अर्ब २ करोड
गृह मन्त्रालय — १ खर्ब ८ अर्ब ३२ करोड
स्वास्थ्य तथा खाद्य स्वच्छता — ९६ अर्ब ४३ करोड
अर्थ मन्त्रालय — ८४ अर्ब ७३ करोड
कृषि, वन तथा वातावरण — ७३ अर्ब १२ करोड
रक्षा मन्त्रालय — ६४ अर्ब ९६ करोड
सूचना तथा सञ्चार मन्त्रालय — ५ अर्ब ९३ करोड
युवा, श्रम तथा रोजगार मन्त्रालय — ३ अर्ब ६२ करोड
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय — ५८ करोड


