काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल अतिकम विकसित मुलुक(एलडीसी) बाट तत्काल ग्राजुएट नहुने बताएका छन्।
सरकारले लिस्ट डेभलप कन्ट्रीबाट तत्काल नहट्ने गरी संयुक्त राष्ट्र संघलाई लेखेको पत्रका विषयमा नेकपाका सांसदले प्रश्न उठाएका थिए। त्यसको जवाफमा प्रधानमन्त्री शाहले तत्काल अल्पविकसित राष्ट्रको सूचीबाट नहट्ने भन्दै चीनको उदाहरण दिएका छन्।
उनले भने, ‘हामी तत्काल लिस्ट डेभलप कन्ट्रीबाट हटिहाल्ने पक्षमा छैनौँ, किनभने यो सूचीबाट हटेपछि हामीले पाउने आर्थिकसहितका सुविधा हट्नेछन्, प्रधानमन्त्री यसमा म चीनको उदाहरण दिन्छु।
केही समय अघिसम्म चीन अल्पविकसित देशको सूचीमा थियो। जबकि, त्यहाँ विकास धेरै नै भइसकेको अवस्था थियो। त्यसकारण हामी पनि सूचीबाट हट्नका लागि हतार गर्दैनौँ।हामी निर्यातमूखी हुनुपर्छ। देशमा उत्पादन भएको चिजहरुलाई विभिन्न राष्ट्रहरुमा पुर्याउन सकौं भन्ने हिसावले दुई वर्षको लागि टारेका हौं। ’


