२०८३ कार्तिक २१ गते शुक्रबार

ऋण तिर्न ऋणकै भरः बजेटको ठूलो हिस्सा साँवा–ब्याज भुक्तानीमै ठिक्क

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, जेठ २२
nepal_loan

काठमाडौँ: सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेटमा पूर्वाधार निर्माण, रोजगारी सिर्जना, निजी क्षेत्र प्रवर्द्धन र आर्थिक सुधारका विभिन्न कार्यक्रम समेटिए पनि एउटा पक्षले भने अर्थतन्त्रका जानकारहरूको ध्यान तानेको छ—सरकारले उठाउने नयाँ ऋणको ठूलो हिस्सा पुरानै ऋण तिर्नमै खर्च हुने अवस्था।

सरल भाषामा भन्नुपर्दा, सरकारले नयाँ ऋण लिएर पुरानो ऋणको किस्ता तिर्नुपर्ने अवस्थाको सामना गरिरहेको देखिन्छ। बजेटको तथ्यांकले सार्वजनिक ऋणको भार बढ्दै गएको संकेत गरेको छन्।

सरकारले आगामी वर्ष ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। आन्तरिक ऋण भन्नाले सरकारलाई आवश्यक रकम जुटाउन नेपाल भित्रैबाट बैंक, वित्तीय संस्था, बीमा कम्पनी तथा सर्वसाधारणबाट लिइने ऋणलाई बुझिन्छ।

तर सरकारले आगामी वर्ष पुरानो आन्तरिक ऋणको साँवा भुक्तानीका लागि मात्रै २ खर्ब ४५ अर्ब ८९ करोड रुपैयाँ खर्च गर्नुपर्नेछ। यसको अर्थ सरकारले उठाउने नयाँ आन्तरिक ऋणको झण्डै ६० प्रतिशत रकम पुरानै ऋण तिर्नमा खर्च हुनेछ।

यसरी हिसाब गर्दा सरकारले लिएको ४ खर्ब १० अर्ब रुपैयाँमध्ये विकास निर्माण, नयाँ आयोजना वा अन्य आवश्यक क्षेत्रमा प्रयोग गर्न सक्ने वास्तविक रकम करिब १ खर्ब ६४ अर्ब रुपैयाँ मात्र बाँकी रहन्छ। आगामी आर्थिक वर्षका लागि सरकारले छ खर्ब ५७ अर्ब रुपैयाँ बढी घाटा बजेट बनाएको छ। चालू आर्थिक वर्षमा सरकारले पाँच खर्ब ९५ अर्ब रुपैयाँ घाटा बजेट बनाएको छ। राजस्व वृद्धि सुस्त गतिमा तर बजेटको आकार ठूलो हुँदा घाटा बजेट बढ्दै गएको छ।

अर्थशास्त्रीहरूका अनुसार यस्तो अवस्था लामो समयसम्म रहँदा सरकारले विकासका लागि ऋण लिनेभन्दा ऋण व्यवस्थापनकै लागि ऋण लिने चक्रमा फस्ने जोखिम बढ्छ। अर्थविद् नरबहादुर थापा भन्छन्,’सरकारलाई ऋणको भार बढी छ। ऋणको भार घटाउनको लागि राजस्व क्षमता बढाउनुपर्छ।’

वैदेशिक ऋणमा पनि उस्तै दबाब
सरकारले आगामी वर्ष २ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ वैदेशिक ऋण लिने योजना बनाएको छ। वैदेशिक ऋण भनेको विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) लगायत विभिन्न द्धिपक्षिय र बहुपक्षिय विकास साझेदारहरुबाट लिइने ऋण हो।

तर नयाँ ऋण लिने योजनासँगै सरकारले पुरानो वैदेशिक ऋणको साँवा भुक्तानीका लागि ७२ अर्ब २० करोड रुपैयाँ खर्च गर्नुपर्ने अनुमान गरिएको छ।

यसले वैदेशिक ऋणको दायित्व पनि क्रमशः बढ्दै गएको देखाउँछ।

विकास र ऋण भुक्तानीको रकम लगभग बराबर
बजेटको सबैभन्दा रोचक र चिन्ताजनक पक्ष भनेको विकास खर्च र ऋण व्यवस्थापन खर्चबीचको समानता हो। सरकारले आगामी वर्ष पुँजीगत अर्थात् विकास खर्चका लागि ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ। यही समयमा ऋणको साँवा भुक्तानीका लागि ‘वित्तीय व्यवस्था’ शीर्षकमा ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ छुट्याइएको छ।

यसको अर्थ देशभर सडक, पुल, सिंचाइ, ऊर्जा, शिक्षा, स्वास्थ्यलगायत विकास परियोजनामा खर्च हुने रकम र ऋण तिर्न खर्च हुने रकम लगभग बराबर छ।

उनका अनुसार विकासका लागि खर्च गर्नुपर्ने ठूलो हिस्सा ऋण व्यवस्थापनमा जान थालेपछि आर्थिक वृद्धिदरमा अपेक्षित सुधार ल्याउन कठिन हुन सक्छ। ‘सरकारले पुँजीगत खर्च सबै खर्च गर्ने हो भने आर्थिक वृद्धि त भईहाल्थ्यो नि तर, सरकारले त्यो नै खर्च गर्न सक्दैन,’ उनले भने।

राजस्वले विकास खर्च धान्न सकेन
सरकारले आगामी वर्ष १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। राजस्व भनेको कर, भन्सार, शुल्क तथा अन्य स्रोतबाट सरकारले प्राप्त गर्ने आम्दानी हो।

तर, सरकारले चालु खर्चका लागि मात्रै १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ छुट्याएको छ। चालु खर्चमा कर्मचारीको तलब, भत्ता, प्रशासनिक खर्च, सामाजिक सुरक्षा भत्ता, अनुदान तथा सरकारी निकाय सञ्चालनका खर्च समावेश हुन्छन्।

यसले देखाउँछ कि सरकारले उठाउने अधिकांश राजस्व नियमित खर्चमै सकिने अवस्था छ। विकास निर्माण, ठूला आयोजना तथा ऋण भुक्तानीका लागि भने सरकारलाई ऋण र वैदेशिक सहायता तथा अनुदानमा भर पर्नुपर्ने बाध्यता कायम छ।

किन बढ्दै छ ऋणको बोझ?
विगत केही वर्षदेखि राजस्व संकलन अपेक्षाअनुसार बढ्न नसक्नु, विकास खर्चको प्रभावकारिता कमजोर हुनु तथा आर्थिक गतिविधि सुस्त हुनुका कारण सरकारमाथि ऋणको दबाब बढ्दै गएको देखिन्छ।

अर्कोतर्फ, सरकारले विगतमा लिएका ऋणहरूको भुक्तानी अवधि परिपक्व हुँदै जाँदा अहिले साँवा फिर्ता गर्ने दायित्व पनि बढेको छ। यदि ऋणबाट निर्माण भएका आयोजना समयमै सम्पन्न भएर उत्पादन, रोजगारी र राजस्व वृद्धि गर्न सफल भए ऋण व्यवस्थापन सहज हुन सक्छ। तर, ऋणबाट अपेक्षित प्रतिफल नआए सार्वजनिक ऋणको भार थप बढ्न सक्छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत अर्थतन्त्रमा संरचनात्मक सुधार, निजी क्षेत्रको मनोबल वृद्धि र लगानी विस्तारको लक्ष्य राखेका छन्। तर बजेटका तथ्यांकले सरकारसामु सार्वजनिक ऋण व्यवस्थापन ठूलो चुनौतीका रूपमा रहेको स्पष्ट देखाएको छ।

थापाका अनुसार अब सरकारले ऋणको मात्रा बढाउनेभन्दा पनि ऋणबाट प्राप्त स्रोतलाई उत्पादनशील र प्रतिफलमुखी क्षेत्रमा केन्द्रित गर्नुपर्ने आवश्यकता छ। अन्यथा नयाँ ऋण लिएर पुरानो ऋण तिर्नुपर्ने अवस्था झन् गहिरिँदै जाने र त्यसले दीर्घकालीन आर्थिक स्थायित्वमा असर पार्न सक्ने उनले बताए।

नेपालको ऋण तिर्ने क्षमता बढेको भन्दै दातृ निकायले सहायता कटौती गरेपछि वैदेशिक सहायतामा अनुदानको हिस्सा घटेर १५ प्रतिशतमा झरेको छ भने ऋणको अंश बढेर ८० प्रतिशतभन्दा माथि पुगेको छ। अनुदान कटौति गर्दै आएको विश्व बैंकले नेपालीको आम्दानी बढेको भन्दै २०२५ जुलाईदेखि लागु हुने गरी ब्याजदर दोब्बर बढाएर एडीबीको हाराहारीमा पुर्याएको छ।

बैंकले ०.७५ प्रतिशत सहुलियत ब्याज दिँदै आएकामा अब १.५ प्रतिशत पुर्याएको छ । ब्याजदर बढेपछि नेपालीको ऋण दायित्व थप हुने भएको छ। यस्तै बैंकले ऋण अवधि (म्याच्युरिटी पिरियड) पनि घटाएर अब ३० वर्षमा झारेको छ। यसअघि म्याच्युरिटी अवधि ४० वर्ष थियो।

एडिबीले पनि ऋण तिर्ने क्षमता बढेको उल्लेख गरी केही वर्षअघि ऋणको ब्याजदर बढाएर १.५ प्रतिशत पुर्याएको थियो। विश्व बैंकले पनि यो वर्षदेखि एडीबीको हाराहारीमा ब्याजदर पुुर्याएको छ।

प्रकाशित: २०८३ जेठ २२ गते शुक्रबार ०४:२६
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना