काठमाडौं। शोधनान्तर बचत बढेर आठ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। यो हालसम्मकै सर्वाधिक बचत हो। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति चार खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँ बचतमा थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा तीन अर्ब २३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा पाँच अर्ब ९८ करोड डलर बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
यस्तै चालू खाता पनि बढेर नयाँ रेकर्ड कायम भएको छ। समीक्षा अवधिमा चालू खाता सात खर्ब २९ अर्ब २८ करोड रुपैयाँ बचतमा रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा चालू खाता दुई खर्ब ७२ अर्ब ५३ करोड रुपैयाँ बचतमा थियो। अमेरिकी डलरमा
अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब एक करोड बचतमा रहेको चालु खाता समीक्षा अवधिमा पाँच अर्ब ५ करोड बचतमा छ।


