२०८३ कार्तिक २१ गते शुक्रबार

बागमतीले ल्यायो करिब ६७ अर्बको बजेट, यी हुन् मुख्य कार्यक्रम [पूर्णपाठ]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १
BUDGET

काठमाडौँ: देशका सातै प्रदेशले बजेट धमाधम प्रस्तुत गरिरहेका छन्। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार संसद्‌मा बजेट प्रस्तुत गरे। आगामी आर्थिक वर्षमा कुल बजेटको दुई तिहाइ हिस्सा विकासका लागि छुट्याएको छ।  चालु तर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ र पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ (६५.६९ प्रतिशत) विनियोजन गरिएको बताए।

बजेटको स्रोत बजेटको खर्च बेहोर्ने प्रमुख स्रोतहरूमा कर राजस्व ३० अर्ब १५ करोड ६ लाख ६८ हजार, अन्य राजस्व ७ अर्ब ७३ करोड ९९ लाख १२ हजार, संघीय वित्तीय हस्तान्तरण (अनुदान)तर्फ १५ अर्ब ३१ करोड ४८ लाख, चालु आर्थिक वर्षको बचत/विविध प्राप्तितर्फ १२ अर्ब ७६ करोड ७९ लाख ५३ हजार र ऋण लगानी फिर्तातर्फ ९६ करोड राखिएको छ।

आगामी वर्ष ७.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ।

काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको छ। भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने, रणनीतिक महत्त्वका सडकहरूका लागि ७ अर्ब १० करोड विनियोजन गरिएको र प्रदेश राजधानी हेटौँडामा चक्रपथ र साइकल लेन निर्माण गरिने बताइएको छ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस र एमडी अध्ययनका लागि ५१ अर्ब २८ करोड ८८ लाख विनियोजन गरिएको छ। प्रदेशका अस्पतालहरूमा सीटी स्क्यान, एमआरआई र क्याथल्याब सेवा विस्तार गरिने, एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय तहमा हस्तान्तरण गरिने र शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन ‘स्मार्ट टिचिङ’ को सुरुवात गरिने बताइएको छ।

दूध उत्पादनमा आत्मनिर्भर हुन प्रोत्साहन अनुदानलाई निरन्तरता दिइएको छ। ‘मुख्यमन्त्री विपन्न आवास कार्यक्रम’ अन्तर्गत कम्तीमा १ हजार परिवारका लागि सुरक्षित आवास निर्माण गर्न २० करोड विनियोजन गरिएको छ।

यस्तै जोखिममा परेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धारलाई निरन्तरता दिने र भनिएको छ।

युवाहरूलाई प्रोत्साहित गर्न व्यवसाय दर्ता र नवीकरण शुल्कमा ५० प्रतिशत छुट दिने, २० वर्ष पुराना भाडाका सवारी साधन पत्रु  गरी अभिलेख खारेज गराएमा जरिवानामा शतप्रतिशत छुट दिने भनिएको छ।‍

प्रकाशित: २०८३ असार १ गते सोमबार ०६:४२
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना