२०८३ कार्तिक २० गते बिहिबार

शर्मा एन्ड कम्पनीले पायो घुन्सा खोला आयोजनाको सिभिल र हाइड्रोमेकानिकल निर्माणको जिम्मा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २
Remit_gunsa

काठमाडौं। सरकार स्वामित्वको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआडीसीएल) को भगिनी संस्था रेमिट हाइड्रो लिमिटेडले बनाउन लागेको घुन्सा खोला जलविद्युत आयोजनाको सिभिल र हाइड्रोमेकानिकल निर्माणको जिम्मा शर्मा एन्ड कम्पनी जेभीले पाएको छ।

सबैभन्दा कम मूल्य अंकित सारभूत रुपमा प्रभावग्राही शर्मा एन्ड कम्पनी जेभीले पहिलो लटअन्र्तगत सिभिल र हाइड्रोमेकानिकल पूर्वाधार बनाउन जिम्मा पाएको हो। शर्मा एन्ड कम्पनीले एक करोड ४४ लाख छ हजार ४७७ डलर र पाँच अर्ब २३ करोड नेपाली रुपैयाँमा ठेक्का पाएको हो। रेमिटले प्रतिस्पर्धाबाट छनौट भएको शर्मा एन्ड कम्पनी जेभीसँग आयोजना बनाउन ठेक्का सम्झौता गर्दैछ।

शर्मा एन्ड कम्पनीको जेभीमा भारतका निर्माणवृद्धि कन्ष्ट्रक्सन, प्रतिभा इन्फ्रास्ट्रक्चर लिमिटेड रहेका छन्। शर्मा–एनभीसीआइएलएलपी–प्रतिभाजेभी स्थापना भएको छ।

घुन्सा खोला आयोजना बनाउन रेमिटको ‘ग्लोबल टेन्डर’, लक्ष्मी सनराइजको अगुवाइमा १२ अर्ब ७० करोड लगानी

रेमिटले गत पुस २२ मा पहिलो लटअन्र्तगत आयोजनाको सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणका लागि  ग्लोबल टेन्डर आब्हान गरेको थियो। रेमिटले आयोजनाको सिभिल र हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (ईपीसी) खाकामा बनाउने गरी टेन्डर आब्हान गरेको थियो।

आयोजनाको जडित क्षमता ७७.५ मेगावाट छ। आयोजनाबाट वार्षिक ४५ करोड ८५ लाख आठ हजार युनिट विद्युत उत्पादन हुनेछ।

घुन्सा खोला आयोजना बनाउन लगानी जुटेको छ। आयोजना विकासकर्ता रेमिट हाइड्रो र लक्ष्मी सनराइज बैंकबीच गत वर्ष नै ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको हो।

आयोजना नदी प्रवाहमा आधारित ( रन अफ दि रिभर) प्रकृतिको छ। घुन्सा खोला आयोजना बनाउन निर्माण अवधिको ब्याजसहित १८ अर्ब १३ करोड रुपैयाँ रहेको छ। आयोजनामा पाँच अर्ब ४४ करोड स्वपुँजी (इक्विटी) लगानी रहेको छ।

लक्ष्मी सनराइजको अगुवाइमा पाँच बैंकको १२ अर्ब ७० करोड रुपैयाँ ऋण लगानीको सम्झौता गरेका छन्। जसअनुसार लक्ष्मी सनराइजले पाँच अर्ब, एचआडीसीएलकोे तीन अर्ब, नागरिक लगानी कोषको दुई अर्ब, माछापुच्छ्रे बैंकको एक अर्ब ४५ करोड र एभरेष्ट बैंकले एक अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने भएका छन्।

आयोजना काम सुरु गरको चार वर्ष अर्थात सन् २०३० मा सम्पन्न गर्ने लक्ष्य रहेको छ। आयोजना निर्माणको लागि निर्माण अवधिको ब्याजसहित ऋण र स्वपुँजीको अनुपात ७०ः३० हुने गरी लगानी संरचना बनाइएको छ।

स्वपुँजीतर्फ नेपाल विद्युत प्राधिकरण २१ प्रतिशत, एचआईडीसीएलको १५ प्रतिशत र विद्युत उत्पादन कम्पनी लिमिटेडको १५ प्रतिशत गरी ५१ प्रतिशत स्वामित्व रहेको छ। ४९ प्रतिशत जनताको लगानी सुनिश्चित हुने गरी व्यवस्था गरिएको छ।

साधारण सेयर तर्फको ४९ प्रतिशत मध्ये २९ प्रतिशत वैदेशिक रोजगारमा गएका नेपाली नागरिकहरुको लागि, १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दालाई र बाँकी १० प्रतिशत सर्वसाधारणको लागि छुट्याइएको छ।आयोजनाको प्रतिमेगावाट लगानी २३ करोड ४० लाख रुपैयाँ हुने देखिएको छ।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नम्बर ५ र ६ मा अवस्थित घुन्सा खोलाको पानीलाई उपभोग गरी बिजुली उत्पादन गर्ने कम्पनीको लक्ष्य छ।

योजनाबाट उत्पादित विद्युत उर्जा आयोजनाको विद्युतगृहदेखि करिव ३ किलोमिटर दूरीमा राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड तथा सो क्षेत्रका जलविद्युत आयोजनाहरुबाट सार्वजनिक निजी साझेदारी अन्तर्गत निर्माण गरिने मार्केस्थित २२०/१३२ केभी तमोर सबस्टेशन र सोबाट करिव ३२ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत विद्युत प्राधिकरणको ढुंगेसाँघु स्थित २२० केभी सबस्टेसनमा जोडिने छ।

आयोजना बनाउन विद्युत विकास विभागले रेमिटलाई २०७९ साउन १८ गते विद्युत उत्पादन इजाजत (लाइसेन्स) दिएको थियो। रेमिट हाइड्रो २०७१ मंसिर २८ गते स्थापना भएको हो। आयोजनाको ग्रस हेड ४३२ मिटर रहेको छ। मुख्य सुरुङको लम्बाइ ४.२० किलोमिटर रहेको रेमिटले जनाएको छ। आयोजना सन् २०१४ मा पत्ता लागेको हो।

आयोजनाको बाँध स्थल, इन्टेक, थिग्राउने पोखरी र पहुँच सडक फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ५ र ६ मा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बाँध क्षेत्रबाट करिब चार हजार तीन सय मिटर हेडरेस सुरुङमार्फत पानीलाई फक्ताङलुङ गाउँपालिकाकै वडा नम्बर ६ मा निर्माण हुने भुमिगत विद्युतगृहमा खसालिने छ।

विद्युतगृहमा ३ वटा टर्वाइन जडान हुनेछन्। टर्वाइनमा जडान भएको ३ वटा जेनेरेटर घुमाएर विद्युत उत्पादन हुने गरी प्रस्ताव गरिएको छ। हेडरेस सुरुङ, सर्ज ट्याङक, पेनस्टक पाइप र टेलरेस सुरुङ पनि त्यही गाउँपालिकाको वडा नम्बर ६ मा रहनेछ।

 

प्रकाशित: २०८३ असार २ गते मङ्गलबार १०:५२
प्रतिक्रिया

थप समाचार

बजेट कार्यान्वयनमा पहिलो त्रैमासमै सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

काठमाडौँ: आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिंचाइ आयोजनाहरूले उत्साहजनक सुरुवात गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागअन्तर्गत पहिलो...

अपि पावरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँः अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने...

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

मुस्ताङ: गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट रु ११ करोड बजेट विनियोजन भएको छ। त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि...

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

ब्रम्हपुत्रमा बन्दै गरेको विश्वकै ठूलो जलविद्युत बाँधले बाढीको जोखिम बढ्ने वैज्ञानिकको चेतावनी

अनुसन्धान टोलीले भनेको छ ‘यी नतिजाहरूले ब्रम्हपुत्र नदीमा हुने जलवायुसम्बन्धी परिवर्तनशीलताको दीर्घकालीन परिवर्तन प्रदान गर्छ। भविष्यमा जलस्रोतसँग सम्बन्धित जोखिमहरूको मूल्यांकन गर्न...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
bank brokar
बैंकिङ

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना