२०८३ कार्तिक २१ गते शुक्रबार

सोभरेन वेल्थ फन्ड ल्याएर म्युचुअल फन्डमा लगानी गर्ने विकल्पबारे पनि सोचिरहेका छौंः गभर्नर पौडेल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ५
photo-3_d2127c31

काठमाडौं। गभर्नर प्राडा विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको विदेशी मुद्रा सञ्चिति सुरक्षित सम्पत्तिमा लगानी गरिएको र अमेरिकी ट्रेजरीको ब्याजदरमा हुने परिवर्तनले त्यसको प्रतिफलमा प्रत्यक्ष प्रभाव पार्ने बताएका छन्।

अर्थ समितिको बैठकमा गभर्नरसँग आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति कार्यान्वयन प्रगति, बैंक तथा वित्तीय संस्थामा बढ्दो अधिक तरलता व्यवस्थापन, सरकारी स्वामित्वका बैंकहरूको कार्यसम्पादन तथा वित्तीय क्षेत्रका नीतिगत र कानुनी सुधारका विषयमा भएको छलफलमा बोल्दै उनले राष्ट्र बैंकले हाल विदेशमा २२ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको जानकारी दिए।

उनले भने, ‘फरेन रिजर्भको पैसा विदेशमा लगानी गर्छौँ। अहिले हामीले २२ अर्ब रुपैयाँभन्दा बढी विदेशमा लगानी गरेका छौँ। त्यो मुख्यतः ट्रेजरीमा लगानी हुन्छ। अमेरिकी डलरमा करिब ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ भने बाँकी चिनियाँ, भारतीय लगायतका ट्रेजरीमा लगानी गरिएको छ। अहिले हाम्रो औसत प्रतिफल ३.८ प्रतिशतको हाराहारीमा छ।’

अमेरिकी ट्रेजरीको ब्याजदर घट्दा नेपाललाई प्रत्यक्ष असर पर्ने उल्लेख गर्दै उनले भने, ‘यदि अमेरिकी ट्रेजरीको दर १ प्रतिशतले घट्यो भने हामीलाई करिब ३० देखि ३५ अर्ब रुपैयाँ बराबरको असर पर्न सक्छ। ६० प्रतिशत लगानी अमेरिकी ट्रेजरीमा भएकाले त्यसको प्रभाव प्रत्यक्ष रूपमा पर्छ। त्यही कारण हामीले ‘सेफ एसेट्स’ रोज्ने गरेका छौँ।’

उनले विदेशी मुद्रा सञ्चितिको व्यवस्थापनमा वैकल्पिक उपायका रूपमा ‘सोभरेन वेल्थ फन्ड’ को अवधारणामाथि समेत छलफल भइरहेको बताए।

उनले भने, ‘सोभरेन वेल्थ फन्ड ल्याएर केही रकम म्युचुअल फन्ड जस्ता क्षेत्रमा लगानी गर्ने विकल्पबारे पनि सोचिरहेका छौँ। यसबारे माननीय सदस्यहरूको चासो भए थप छलफल गर्न सक्छौँ।’

कृषि कर्जाबारे उठेका प्रश्नको जवाफ दिँदै उनले कृषि क्षेत्रमा कर्जा प्रवाह घटेको नभई बढेको दाबी गरे।

उनले भने, ‘२०७६ सालमा कृषि क्षेत्रमा ‘एबीसी’ वर्गीकरणअन्तर्गत करिब दुई खर्ब पाँच अर्ब रुपैयाँ कर्जा थियो। अहिले ०८३ सालमा त्यो बढेर सात खर्ब १० अर्ब रुपैयाँ पुगेको छ। त्यसैले कृषि कर्जा घटेको भन्ने निष्कर्ष सही हुँदैन।’

कर्जा प्रवाह लक्ष्यअनुसार बढ्न नसकेको विषयमा बोल्दै उनले व्यवसायी र उद्यमी सिर्जना गर्ने काम केवल मौद्रिक नीतिबाट सम्भव नहुने बताए।

व्यवसायीलाई अत्यधिक दबाब दिएर उद्यमशीलता विकास गर्न नसकिने उल्लेख गर्दै उनले भने, ‘काम गर्दै जाँदा व्यवसायीहरूले गल्ती पनि गर्छन्। हरेक गल्तीमा थुन्ने, कारबाही गर्ने मात्रै गरियो भने उद्यमी पैदा हुँदैनन्। उद्यमशीलता प्रवद्र्धनका लागि राज्यले सहयोगी वातावरण बनाउनुपर्छ।’

गभर्नर पौडेलले राष्ट्र बैंकको प्रमुख जिम्मेवारी वित्तीय प्रणालीलाई स्थिर राख्नु रहेको स्पष्ट पारे।

विदेशी मुद्रा सञ्चितिको अवस्थाबारे चर्चा गर्दै उनले नेपाल अहिले विदेशी मुद्रा अभावको अवस्थामा नरहेको बताए।

मौद्रिक नीति र वित्तीय नीतिको समन्वयबाट मात्रै अपेक्षित आर्थिक नतिजा हासिल गर्न सकिने उनले जानकारी दिए ।

प्रकाशित: २०८३ असार ५ गते शुक्रबार ०४:०१
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना