२०८३ कार्तिक २० गते बिहिबार

नेपालगञ्ज उपमहानगरपालिकाले ल्यायो एक अर्ब ७६ करोडको बजेट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १०
budget

बाँके: नेपालगञ्ज उपमहानगरपालिकाले कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिँदै आज आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उपमहानगरपालिकाको १९औँ नगरसभामामा सो नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन्। उपमहानगरपालिकामा उपप्रमुखको पद रिक्त रहेको छ।

नीति, कार्यक्रम प्रस्तुत गर्दै उपमहानगरपालिकाका प्रमुख विष्टले प्रसिद्ध बागेश्वरी मन्दिर, निर्माणाधीन १०८ फिटे हनुमान मूर्तिलगायका ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रलाई समेटी धार्मिक पर्यटनको प्रवर्द्धन गर्न भारतको अयोध्या नगरसँग भगिनी सम्बन्ध कायम गर्न पहल गरिने उल्लेख गरे। उनले नीति, कार्यक्रममा उपमहानगरपालिकामा रहेका कान्ति ताल, वाटरपार्क, रानी तलाउको संरक्षणलाई जोड दिँदै फुटाहा तालको स्तरोन्नति र धोबी घाटको संरक्षण कार्यलाई अघि बढाइने बताए।

प्रमुख विष्टले सिँचाइ, उन्नत बीउ र मलको सहज उपलब्धता सुनिश्चित गरी कृषि उत्पादनको बजारीकरणका लागि व्यवस्थित तरकारी तथा फलफूल बिक्री केन्द्र स्थापनामा जोड दिँदै पुष्पखेती, सामूहिक खेती र लिज खेतीजस्ता व्यावसायिक खेती प्रणालीलाई प्रोत्सहन गरी कृषि क्षेत्रलाई आत्मनिर्भर र आकर्षक पेसाका रूपमा विकास गरिने बताए।

उपमाहानगरभित्र बसेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी बसोबास गरिरहेका क्षेत्रको नक्साङ्कन कार्यलाई निरन्तरता दिँदै उपमहानगरपालिकालाई शैक्षिक हबका रूपमा विकास गर्न नगर शिक्षा योजना अद्यावधिक, स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तकको समयानुकूल परिमार्जन र शैक्षिक सुशासनका लागि विद्यालय अनुगमन तथा सुपरिवेक्षणमा जोड दिइएको उनले उल्लेख गरे।

यसबाहेक उद्योग, व्यापार तथा व्यवसाय, श्रम रोजगार तथा गरिबी निवारण, स्वास्थ्य तथा पोषण, शिक्षा, महिला बालवबालिका तथा सामाजिक समावेशीकरण, आवास, भवन तथा बस्ती विकास, भौतिक पूर्वाधार तथा यातायात, विद्युत् तथा ऊर्जा, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन, सुशासन तथा सेवा प्रवाह, राजस्व तथा स्रोत परिचालनलगायतका विषयमा नीति, कार्यक्रम र बजेट तर्जुमा गरिएको छ।

उपमहानगरपालिकाका प्रमुख विष्टले आर्थिक वर्ष २०८३/०८४ का लागि कूल रु एक अर्ब ७६ करोड ६४ लाख ८३ हजार बराबरको आय तथा व्यय बजेट प्रस्तुत गरे।

प्रकाशित: २०८३ असार १० गते बुधबार ०४:२५
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना