२०८३ कार्तिक २१ गते शुक्रबार

धानको ‘रेकर्ड’ उत्पादनः आत्मनिर्भरता कि आयातका पछाडी अन्य खेल?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १५
rice_production

काठमाडौं। नेपालमा धानको उत्पादकत्व बढेको सरकारी तथ्यांक र बजारमा चामलको आयातको ग्राफबीच कुनै तादम्यता देखिँदैन। पछिल्लो पाँच वर्षमा धान खेती हुने क्षेत्रफल घट्दा पनि उन्नत बीउ र प्रविधिको प्रयोगले उत्पादन बढेको दाबी गरिए पनि अर्बौंको आयात रोकिनुको साटो उल्टै शंकास्पद बन्दै गएको छ।

कृषि क्षेत्रका जानकारहरूले सरकारी तथ्यांक संकलन प्रक्रिया र बढ्दो आयातको प्रकृतिमाथि गम्भीर प्रश्न उठाएका छन्। युवा किसान तथा कृषि अभियन्ता दिपेश नेपाल सरकारी तथ्यांक संकलनको विधि नै वैज्ञानिक नभएको तर्क गर्छन्।

उनी भन्छन,‘अहिले स्थानीय तहले अनुमानको भरमा तथ्यांक दिन्छन, जसलाई कृषि ज्ञान केन्द्रले केन्द्रमा पठाउँछ। हामीले कतै पनि वैज्ञानिक स्याम्प्लिङ गर्दैनौँ। एकातिर जमिन बाँझो छ र क्षेत्रफल घटिरहेको छ, अर्कोतिर उत्पादकत्व बढेको देखाइन्छ, यो आफैँमा विरोधाभासपूर्ण छ।’

यद्यपि कृषि विभागका महानिर्देशक प्रकाशकुमार सन्जेल भने उत्पादन तथ्यांकप्रति शंका गर्नुपर्ने अवस्था नरहेको बताउँछन्। उनका अनुसार उत्पादकत्वको तथ्यांक प्रत्यक्ष मापनका आधारमा तयार गरिन्छ भने खेती भएको क्षेत्रफलमा सामान्य अनुमानको अन्तर हुन सक्छ।

‘उत्पादकत्वमा हामी आफैँ खेतमा गएर नापजाँच गरेर तथ्यांक लिन्छौँ, त्यसमा खासै शंका छैन। अहिले प्रतिहेक्टर करिब ४.२ मेट्रिक टन उत्पादन देखिएको छ। क्षेत्रफलको हकमा सामान्य अनुमानको फरक हुन सक्छ, तर त्यसले लाखौँ टनको अन्तर पार्दैन,’ उनले भने।

वर्षा कम हुँदा धान रोपाइँ सुस्त, मुलुकभर ११.३३ प्रतिशत मात्र

नेपालको कृषि प्रणाली अझै पनि आकाशे पानी र अनियमित मल आपूर्तिमा निर्भर रहेकाले उत्पादकत्वमा नाटकीय सुधार भएको मान्न उनी तयार छैनन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/०८२ मा नेपालमा हालसम्मकै उच्च ५९ लाख ५५ हजार टन धान उत्पादन भएको छ। तर, सोही वर्ष ४० अर्ब १८ करोड रुपैयाँ बराबरको चामल आयात भयो।

यो विरोधाभासलाई केलाउँदै नेपाल भन्छन,‘प्रतिव्यक्ति १३८ केजी चामलको खपतलाई आधार मान्ने हो भने तीन करोड जनसंख्याका लागि झन्डै ४१–४२ लाख टन चामल पर्याप्त हुन्छ।

हाम्रो उत्पादन ५७–५९ लाख टन पुग्दा पनि किन अर्बौंको आयात भइरहेको छ? के यो तथ्यांकको तोडमोड हो वा भन्सार छुटको बहानामा चामलको नाममा अरू नै वस्तु जस्तै युरिया मल वा उच्च भन्सार शुल्क लाग्ने सामान भित्रिरहेको छ? यो गम्भीर आशंकाको विषय हो।’

तर सरकारी पक्ष भने उत्पादन बढ्दासमेत आयात उच्च देखिनुका पछाडि धेरै कारण रहेको बताउँछ। महानिर्देशक सन्जेलका अनुसार आयात भएको सम्पूर्ण चामल प्रत्यक्ष रूपमा उपभोगका लागि मात्र प्रयोग हुँदैन।

‘हामीलाई आवश्यकताभन्दा बढी चामल उपभोग गर्ने बानी पनि एउटा कारण हो। त्यसमाथि भारतले स्टक क्लियरियन्सका बेला निर्यातमा सहुलियत दिँदा व्यवसायीले अग्रिम रूपमा चामल आयात गरेर भण्डारण गर्ने गर्छन्।’

उनका अनुसार आयात भएको चामलको केही हिस्सा मदिरा उद्योग, ब्रोकन राइस लगायत गैरखाद्य औद्योगिक प्रयोजनमा समेत प्रयोग हुन्छ। सन्जेलका अनुसार गैरखाद्य उद्योगमा पनि चामलको प्रयोग बढिरहेको छ।

साथै चामलको नाममा अन्य वस्तु आयात भएको वा भन्सार विवरणमा मिसम्याच भएको विषय पनि बेला–बेलामा सार्वजनिक हुने गरेका छन्। त्यसबारे औपचारिक अध्ययन छैन, तर त्यस्ता कारणले पनि आयातको तथ्यांक प्रभावित भएको हुन सक्छ।

उत्पादकत्व वृद्धिको पछाडि लुकेको अर्को जोखिम ‘हाइब्रिड’ बीउको अन्धाधुन्ध प्रयोग हो। छिमेकी मुलुकहरूको तुलनामा नेपालको उत्पादकत्व वृद्धि निकै सुस्त रहेको बताउँदै कृषि अभियान्ता तथा किसान दिपेश नेपालले बीउ सम्प्रभुता गुम्दै गएकोमा चिन्ता व्यक्त गरे।

उनी थप्छन,‘हामीले धेरै फलाउने सपनामा नियमन बिनाका चिनियाँ र भारतीय हाइब्रिड बीउ भित्र्याएका छौँ। यसले बीउको मूल्य मात्र बढाएको छैन, जलवायु परिवर्तन र रोगव्याधि सहन नसक्ने जोखिम पनि बढाएको छ।’

केही वर्ष अघि नेपालमा गरिमा धानको बीउले मच्चाएको आतंक यसकै एउटा उदाहरण हो। रैथाने जातका धानहरू मासिँदै जाँदा भविष्यमा खाद्य संकटको जोखिम अझ गहिरिने उनको ठहर छ।

सरकारले घोषणा गर्ने न्यूनतम समर्थन मूल्य पनि किसानका लागि ‘आकासको फल’ सरह बनेको छ। सरकारले मूल्य तोके पनि खरिद नगर्दा किसानले व्यापारीलाई ३० प्रतिशतसम्म कम मूल्यमा धान बेच्न बाध्य हुनुपरेको यथार्थ नेपालले सुनाए। उनी भन्छन,‘सरकारले व्यापार गर्ने होइन नीति बनाउने हो भन्छ, तर बजारमा व्यापारीले मूल्य नदिँदा किसानलाई प्रत्यक्ष अनुदान दिने व्यवस्था खै? चैते धान अहिले पनि किसानले समर्थन मूल्य भन्दा धेरै कममा बेचिरहनु परेको छ।’

महानिर्देशक सन्जेल पनि सरकारले तोकेको समर्थन मूल्य कार्यान्वयनमा चुनौती रहेको स्वीकार गर्छन्। ‘न्यूनतम समर्थन मूल्य भनेको किसानले त्योभन्दा कममा बेच्न नपरोस् भन्ने बजार हस्तक्षेपको नीति हो। सिद्धान्ततः बिक्री नभए सरकारले किन्नुपर्छ, तर स्रोत र भण्डारण क्षमताको सीमितताका कारण सबै परिमाण खरिद गर्न सकिएको छैन।’

उनका अनुसार सरकारले मूल्य तोकेपछि निजी क्षेत्रमाथि पनि त्यसभन्दा कम मूल्यमा खरिद नगर्न नैतिक दबाब पर्ने उद्देश्य राखिएको हो। ‘यसले किसानको बार्गेनिङ शक्ति बढाएको छ। तर पर्याप्त अनुगमन र कार्यान्वयन हुन नसक्दा कतिपय ठाउँमा किसानले तोकिएको मूल्यभन्दा कममै बिक्री गर्नुपरेको अवस्था आएको छ,’ सन्जेलले भने।

धान दिवसलाई केवल हिलो छ्याप्ने उत्सवमा मात्र सीमित नगरी माटोको पुनर्जागरण र जैविक प्रविधि जस्तैः एजोला, बायोचारसँग जोड्नुपर्ने किसान दिपेश नेपालको सुझाव छ। उनले जलवायु परिवर्तनको विषम परिस्थितिमा उत्पादनको ‘ह्याङ’ बाट उत्रिएर प्रकृतिमैत्री खेतीतर्फ नलागे नेपालको खाद्य सुरक्षा आगामी दिनमा थप चुनौतीपूर्ण बन्ने चेतावनी दिएका छन्।

कुन वर्ष कति धान उत्पादन?

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा पछिल्ला वर्षहरूमा धान उत्पादनमा उतारचढाव देखिएको छ। आर्थिक वर्ष २०७८/०७९ मा १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान खेती भई ५१ लाख ३० हजार ६२५ टन उत्पादन भएको थियो।

त्यसपछि २०७९/०८० मा १४ लाख ४७ हजार ७८९ हेक्टरमा ५४ लाख ८६ हजार ४७२ टन उत्पादन भएको थियो। यस्तै २०८०/०८१ मा १४ लाख ३८ हजार ९८९ हेक्टरमा उत्पादन बढेर ५७ लाख २४ हजार टन पुगेको थियो।

सोही क्रममा २०८१/०८२ मा १४ लाख २० हजार ६३६ हेक्टरमा हालसम्मकै उच्च ५९ लाख ५५ हजार ४७६ टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ।

तर चालू आर्थिक वर्ष २०८२/०८३ मा भने १४ लाख ४७ हजार हेक्टर क्षेत्रफलमा धान खेती भए पनि उत्पादन घटेर ५७ लाख ५ हजार टनमा सीमित भएको छ। जुन अघिल्लो वर्षको तुलनामा ४.२ प्रतिशत कम हो।

प्रकाशित: २०८३ असार १५ गते सोमबार १०:४७
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना