२०८३ साउन ११ गते सोमबार

‘सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई वातावरण बनाइदिने हो’

 |  सुदीप आचार्य
Sanket

सुदीप आचार्य

काठमाडौँ, असार २७
sudeep-acharya

हिजोआज सरकारले बन्द भएका पुराना उद्योगहरु–हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, वीरगन्ज चिनी कारखानालगायतका संस्थान पुनः सञ्चालनमा ल्याउने कुरा चर्चामा छ।

सुन्दा वाह! लाग्ने, देशमै वस्तु उत्पादन हुने भयो जस्तो लागे पनि यसमा अर्थशास्त्रको एउटा गम्भीर गल्ती लुकेको हुन सक्छ। जसलाई संक कस्ट फ्यलसी (डुबेको लगानीको भ्रम) भनिन्छ।

के हो संक कस्ट फ्यलसी?

सरल भाषामा भन्नुपर्दा पहिला नै धेरै लगानी र समय खर्च भइसक्यो। अब यसलाई त्यसै छोड्नु हुँदैन भनेर भविष्यमा झन घाटा हुने निश्चित हुँदाहुँदै थप पैसा र समय खन्याउनु हो।हाम्रा पुराना बन्द भइसकेका सरकारी उद्योगहरूको सन्दर्भमा यो कसरी लागु हुन्छ?

विगतको मोहः त्यहाँ अर्बौं रुपैयाँ पर्ने जग्गा छ। ठूला भवन र पुराना मेसिन छन्। विगतमा हाम्रो सान थियो भन्दैमा ती उद्योग आजको खुला बजारमा टिक्न सक्छन् त?

पुरानो प्रविधिः ३०–४० वर्ष पुराना मेसिन र प्रविधिले आजको सस्तो, आधुनिक र गुणस्तरीय अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न असम्भव जस्तै छ। नयाँ मेसिन ल्याउन फेरि अर्बौं रुपैयाँ खर्च गर्नु पर्ने हुन्छ।

व्यवस्थापन र राजनीतिः फेरि पनि ती उद्योग राजनीतिक कार्यकर्ता भर्ती केन्द्र बन्ने र आम करदाता (तपाईं हाम्रो) पैसा ति उद्योगहरुको घाटापूर्ति गर्नमै सकिने जोखिम उच्च छ।

अर्थशास्त्रले भन्छ— हिजो लगानी डुबिसक्यो वा खर्च भइसक्यो भन्दैमा त्यसलाई बचाउने नाममा नयाँ पुँजी फेरि डुबाउनु बुद्धिमानी होइन। सरकारको काम उद्योग व्यापार आफैं चलाउने होइन। बरु, निजी क्षेत्रलाई उत्पादन र रोजगारी सिर्जना गर्न सहज वातावरण (नीति र पूर्वाधार) बनाइदिने हो।

भावना र नोस्टालिजयालाई एकातिर राखेर यथार्थमा सोच्ने बेला आएको छ। डुबिसकेको पैसालाई हेरेर हामीले आफ्नो भविष्यको लगानी पनि तिनै सेतो हात्ती पाल्न खर्च गर्ने कि नयाँ प्रविधि र पूर्वाधारमा?

(आचार्य कामना सेवा विकास बैंकका अध्यक्षका साथै व्यवसायी हुन्।)

प्रकाशित: २०८३ असार २७ गते शनिवार ०५:५१
प्रतिक्रिया

थप समाचार

‘सिङ्गो देश डिप्रेसनमा छ’

डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। को

गीत ‘मास्टर्नी’ को पोस्टरको समाजशास्त्रीय विश्लेषणः समाज निर्माणको आधारमा प्रहार

शिक्षक समाजको एउटा महत्वपूर्ण खम्बा हो। शिक्षकले ज्ञान, सीप, मूल्य र मान्यताहरू नयाँ पुस्तामा हस्तान्तरण गर्दै समाजलाई सही दिशामा डोऱ्याउने कार्य गर्छ। त्यसैले, शिक्षकलाई मनोरञ्जनको पात्र...

नेपो डच डिजिज र रेमिटान्स मेन समाज !

ल्हासातिर ऊन बेचेर सुन भित्र्याइने नेपालले आफ्ना स्रोत त्यति नै बेलादेखि नै नचिनेर होला, पहाडतिरका बलिया र सग्ला पाखुराहरू लाहुरे बन्ने तोडमोडमा कसैले थर फेरे, कसैले घर फेरे; जसरी हुन्छ लाहुरे...

‘व्यक्तिगत ग्यारेन्टी हट्नु सम्पत्तिमा आधारित अर्थतन्त्रबाट उत्पादनमा लैजाने कदम’

नेपालमा बैंक तथा वित्तीय संस्थाले व्यवसायिक कर्जा प्रवाह गर्दा व्यवसायीको व्यक्तिगत जमानी (पर्सनल ग्यारेन्टी) अनिवार्य रूपमा लिने प्रचलन लामो समयदेखि रहेको छ। अहिले यो व्यवस्था हटाउने विषयमा...

‘जलविद्युतमा लगानी पुनसंरचना गरेर सेयर प्राइस डिस्कभरी मेकानिज्ममा जानुपर्छ’

सुरुवाती दिनदेखि जोखिम मोल्ने प्रवर्द्धकको सेयर मूल्य र सबै जोखिम न्यूनीकरण भइसकेपछि आउने लगानीकर्ताको सेयर मूल्य बराबरी हुनु वैज्ञानिक देखिँदैन। त्यसैले, प्रवर्द्धकको मेहनत, विज्ञता र...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना