२०८३ कार्तिक २२ गते शनिवार

नेपालमा सार्वजनिक भयो म्याक्सस ईटेरोन, पहिलो ५० ग्राहकले ८८ लाखमै किन्न पाउने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ७
MAXUS eTERRON 9 Comfort_NPL (8)

काठमाडौँ: नेपालमा म्याक्सस सवारीसाधनको आधिकारिक बिक्रेता हिमालय मोट्रोक्स प्रालिले नयाँ विद्युतीय पिकअप म्याक्सस ईटेरोन ९ कम्फोर्ट सार्वजनिक गरेको छ। कम्पनीले यो मोडल पहिलो ५० जना ग्राहकका लागि परिचयात्मक मूल्य ८८ लाख रुपैयाँमा उपलब्ध गराउने जनाएको छ।

कम्पनीका अनुसार ईटेरोन ९ कम्फोर्ट दैनिक प्रयोगदेखि लामो दूरीको यात्रा, अफ–रोड साहसिक यात्रा तथा व्यावसायिक प्रयोजनलाई लक्षित गरी विकास गरिएको प्रिमियम फोर–ह्वील ड्राइभ (४डब्ल्यूडी) विद्युतीय पिकअप हो।

यो पिकअपमा १०२.२ किलोवाट–घण्टा (केडब्ल्यूएच) क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एनईडीसी मापदण्डअनुसार एक पटकको पूर्ण चार्जमा ५६० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। साथै, ११५ किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट भएकाले ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब ४२ मिनेटमै चार्ज गर्न सकिन्छ।

ईटेरोन ९ कम्फोर्टमा अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाट क्षमताका दुईवटा विद्युतीय मोटर रहेका छन्। यी मोटरबाट ७०० न्यूटन–मिटर टर्क उत्पादन हुने कम्पनीले जनाएको छ। गाडीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टा गति ५.८ सेकेन्डमा लिन सक्ने तथा अधिकतम १९० किलोमिटर प्रतिघण्टा गति हासिल गर्न सक्ने बताइएको छ।

लोड बोक्ने क्षमतातर्फ यो पिकअपले १,०५० किलोग्राम पेलोड र ३,५०० किलोग्रामसम्म ब्रेक्ड टोइङ क्षमता प्रदान गर्छ। यसको कार्गो बेडको आकार १,५६१ × १,५०० × ५३५ मिलिमिटर रहेको छ।

गाडीमा अल–टेरेन सिस्टम (एटीएस) उपलब्ध छ, जसले विभिन्न सडक तथा अफ–रोड अवस्थाहरूमा सहज ड्राइभिङ अनुभव दिने कम्पनीको भनाइ छ। यसमा ५४५ मिलिमिटरसम्म पानी पार गर्ने क्षमता, २९ डिग्री अप्रोच एङ्गल र २५ डिग्री डिपार्चर एङ्गल रहेको छ।

म्याक्सस ईटेरोन ९ कम्फोर्टमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ।

यसका प्रमुख सुविधामा एप्पल कारप्ले, एन्ड्रोइड अटो, अटोमेटिक एअर कन्डिसनिङ, विद्युतीय रूपमा समायोजन हुने चालक सिट, युएसबी र टाइप–सी चार्जिङ पोर्ट, प्यासिभ इन्ट्री, पुस बटन स्टार्ट, अटोमेटिक हेडलाइट्स, अटोमेटिक वाइपर्स, भेहिकल–टु–लोड (भीटुओएल) सुविधा तथा वन–टच पावर विन्डोज लगायत रहेका छन्।

यो विद्युतीय पिकअपले युरो एनक्यापको पाँच तारे सुरक्षा मूल्यांकन प्राप्त गरेको कम्पनीले जनाएको छ।

सुरक्षातर्फ इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी), इलेक्ट्रोनिक ब्रेक असिस्ट, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल, टायर प्रेसर मनिटरिङ सिस्टम (टीपीएमएस), रिभर्स क्यामेरा, अगाडि र पछाडिका पार्किङ सेन्सर, क्रुज कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक विथ अटो होल्ड तथा चालक र अगाडिको यात्रुका लागि एयरब्याग उपलब्ध छन्।

हिमालय मोट्रोक्सले ईटेरोन ९ कम्फोर्टमा ८ वर्ष वा २ लाख किलोमिटरसम्मको ब्याट्री वारेन्टी तथा ५ वर्ष वा १.६ लाख किलोमिटरसम्मको गाडी वारेन्टी उपलब्ध गराउने जनाएको छ।

कम्पनीका अनुसार ८८ लाख रुपैयाँको परिचयात्मक मूल्य पहिलो ५० जना ग्राहकका लागि मात्र लागू हुनेछ। त्यसपछि गाडीको मूल्य पुनः परिमार्जन हुन सक्ने जनाएको छ।

प्रकाशित: २०८३ साउन ७ गते बिहिबार ०१:०२
प्रतिक्रिया

थप समाचार

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

ईभीमा प्राइसवारको असरः बीवाईडीको आम्दानी अनुमानभन्दा कम, नाफा १.५ अर्ब डलर

एजेन्सी। चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता बीवाईडी अटोमोटिभ कम्पनीले अपेक्षाभन्दा कमजोर तेस्रो त्रैमासिक आम्दानी विवरण सार्वजनिक गरेको छ। यसले चिनियाँ अटोमोबाइल निर्माताहरूले...

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि...

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना