२०८३ कार्तिक २१ गते शुक्रबार

भदौदेखि नयाँ बजार व्यवस्थामाथि छलफल हुने, सेबोनले नियमावली तयार गर्दै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १२
sebon

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजीबजारलाई परम्परागत कारोबार प्रणालीबाट थप विकसित बजारतर्फ लैजाने तयारी तीव्र बनाएको छ। बोर्डले आईपीओ वितरण प्रणालीदेखि इन्ट्राडे ट्रेडिङ, मार्जिन लेन्डिङ र सर्ट सेलिङसम्मका विषयलाई समेट्ने नयाँ नियामकीय संरचना तयार गर्ने प्रक्रिया अघि बढाएको हो।

बोर्डका अनुसार यी विषयसँग सम्बन्धित नियम, निर्देशिका तथा परामर्शपत्र साउनभित्र तयार गरिने लक्ष्य राखिएको छ। त्यसपछि भदौ महिनादेखि लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी तथा अन्य सरोकारवालासँग औपचारिक छलफल सुरु गरिनेछ। प्राप्त सुझावका आधारमा आवश्यक संशोधन गर्दै नयाँ व्यवस्था लागू गरिने योजना छ।

यदि प्रस्तावित सुधार कार्यान्वयनमा गए, नेपाली पूँजीबजारमा पहिलो पटक इन्ट्राडे ट्रेडिङ र सर्ट सेलिङजस्ता आधुनिक कारोबार प्रणालीको कानुनी आधार तयार हुनेछ। यससँगै मार्जिन लेन्डिङलाई पनि स्पष्ट र प्रभावकारी बनाउने तयारी गरिएको छ भने आईपीओ वितरण प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।

सेबोनले यी सुधारलाई चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमसँग जोडेर अघि बढाएको जनाएको छ। बोर्डले यसअघि तयार पारेको क्यापिटल मार्केट डेभलपमेन्ट ब्लुप्रिन्ट कार्यान्वयनमा रहेको र त्यसकै आधारमा पूँजीबजार सुधारका थप चरण अघि बढाइएको बताएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि बोर्डलाई नियामकीय क्षमता सुदृढ गर्दै दीर्घकालीन सोचका साथ बजार विकास गर्न आग्रह गरेका छन्। उनले लगानीकर्ताको संख्या र डिम्याट खाताको विस्तारसँगै नियामक निकायको दक्षता र संस्थागत क्षमता पनि सोही अनुपातमा बढ्नुपर्ने धारणा राखेका छन्।

उनले पूँजीबजारसम्बन्धी नीति निर्माण गर्दा आर्थिक पक्षसँगै राजनीतिक–आर्थिक प्रभावको समेत अध्ययन गरी पर्याप्त छलफलपछि मात्रै कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिएका छन्। साथै आवश्यक कानुनी तथा नीतिगत सुधारमा सरकारले सहजीकरण गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएका छन्।

अब सरोकारवालाबाट प्राप्त सुझावपछि अन्तिम रूप दिइने यी नियमहरू लागू भएमा नेपालको पूँजीबजार थप आधुनिक, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८३ साउन १२ गते मङ्गलबार ०२:२६
प्रतिक्रिया

थप समाचार

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

नेप्सेसँगै घट्यो कारोबार रकम, आँखुखोलाको कारोबार उच्च

काठमाडौँः बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन बुधबार अन्तिम समयमा सुधार देखिएको नेप्से परिसूचक यस दिन भने घटेर बन्द भएको हो । परिसूचकसँगै बजारमा सेयर कारोबार रकममा समेत...

कान्तिपुर फर्मास्युटिकल्स ल्याबले पायो आइपीओ अनुमति

काठमाडौँः पशु स्वास्थ्य तथा भेटेरिनरी औषधि उत्पादन क्षेत्रमा सक्रिय कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १७ करोड रुपैयाँ...

अपि पावरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँः अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने...

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना