२०८३ कार्तिक २० गते बिहिबार

जलविद्युतमा लगानी बढाउदै युनियन हाइड्रो, ११० मेगावाटका तीन आयोजना निर्माण हुँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १७
union_hydro

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत युनियन हाइड्रो होल्डिङ कम्पनी लिमिटेडले जलविद्युतमा आक्रमक भएर लगानी विस्तार गरिरहेको छ। तीन मेगावाटको मिदिम खोला करापु जलविद्युत आयोजना सञ्चालन गरिरहेको युनियनले ११० मेगावाटका तीन आयोजना बनाउन लागेको छ।

युनियन हाइड्रोले ६० मेगावाटको माथिल्लो तमोर ए, २८.९ मेगावाटको होङगुखोला र २१ मेगावाटको आयुमलुन खोला आयोजनामा लगानी गर्ने भएको छ। तीन आयोजना बनेपछि युनियनको जडित क्षमता ११३ मेगावाट पुग्नेछ।

माथिल्लो तमोर र होङगुखोला आयोजनाको संभाव्यता अध्ययन सम्पन्न भएको छ। यस्तै नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) हुन बाँकी छ। पीपीए भएपछि लगानी व्यवस्थापन हुनेछ।

यसैबीच युनियनले आयु मोलन हाइड्रोपावर लिमिटेडमा लगानी गर्न एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ। युनियनको चुक्ता पुँजी ७५ करोड रुपैयाँ छ। हकप्रद सेयर निष्कासनपछि पुँजी बढेर एक अर्ब ५० करोड रुपैयाँ पुग्नेछ। हालसम्म उक्त आयोजनाले करिब १७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।

आयुमलुनमा युनियनले ६८ प्रतिशत स्वामित्व लिने भएको छ। आयुमलुनमा ७० प्रतिशत बैंकको ऋण र बाँकी ३० प्रतिशत स्वपुँजी (इक्विटी) लगानी हुने भएको छ।

नेप्सेमा सूचीकृत युनियन हाइड्रोपावरले माथिल्लो तमोर ‘ए’ आयोजना बनाउने, लागत पौने १३ अर्ब

युनियन माथिल्लो तमोर ए जलविद्युत आयोजना बनाउन लागेको छ। आयोजना बनाउन १२ अर्ब ८६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आयोजना नदी प्रवाही (रन अफ द रिभर) प्रकृतिको छ।

युनियन हाइड्रोपावरले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनअनुसार लागत प्रतिमेगावाट लागत २२ करोड २१ लाख रुपैयाँ छ। आयोजनाको कूल उचाई (ग्रस हेड) ९६८ मिटर रहेको छ।

आयोजनाबाट वार्षिक ३३ करोड ३८ लाख २२ हजार युनिट विद्युत उत्पादन हुने युनियनले जनाएको छ। जसअनुसार सुक्खायाममा १० करोड र वर्षायाममा २३ करोड ३८ लाख २२ हजार युनिट बिजुली उत्पादन हुनेछ।

बिजुली उत्पादन गर्न विद्युतगृहमा भर्टिकल एक्सेस पेल्र्टन टबाईन जडान हुने भएको छ। आयोजना निर्माण सुरु भएको चार वर्षमा सक्ने लक्ष्य छ।

आयोजनाबाट उत्पादन हुने बिजुली १३२ केभी प्रसारण लाइनमार्फत ४५ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको ढुङेसाँघु सबस्टेशन सबस्टेशनमा जोडिने युनियनले जनाएको छ।

आयोजनामा पानीको वहाव प्रतिसेकेन्ड ७.५ घनमिटर रहेको छ। बाँधको लम्बाइ २५ मिटर र पाँच मिटर अग्लो हुनेछ। तमोर नदीमा बाँध बनाई ६.४ किलोमिटर लामो सुरुङ हुँदै विद्युत उत्पादन हुने भएको छ।

प्रस्तावित आयोजना ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका ७ भएर बग्ने तमोर खोलामा निर्माण हुनेछ। विद्युत गृह तमोर नदीको दायाँ किनारमा जोंगिम भन्ने ठाउँमा रहेको झोलुङ्गे पुल नजिकै पर्छ।
होङगु खोला आयोजना सोलुखुम्बु र आयुमलोन ओखलढुङमा रहेको छ।

युनियन हाइड्रो होल्डिङ्स सन् २००६ को अगस्टमा स्थापना भएको हो। २०१६ मा यसलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको थियो। कम्पनीको नाम युनियन हाइड्रोपावर लिमिटेडबाट परिवर्तन गरी वर्तमान नामाकरण गरिएको हो।

बिजुली बेचेर कम्पनीले गत वर्ष साढे सात करोड रुपैयाँ आम्दानी गरेको थियो। यो वर्षको नौ महिनामा छ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ। नौ महिनामा दुई करोड ९० लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष युनियनको नाफा दुई करोड ५० लाख रुपैयाँ थियो।

कम्पनीको अध्यक्ष अभिज्ञा मल्ल रहेकी छिन्।

प्रकाशित: २०८३ साउन १७ गते आईतबार ०१:२०
प्रतिक्रिया

थप समाचार

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

मुस्ताङ: गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मर्मत तथा स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट रु ११ करोड बजेट विनियोजन भएको छ। त्यस सडक निर्माण तथा स्तरोन्नतिका लागि...

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

ब्रम्हपुत्रमा बन्दै गरेको विश्वकै ठूलो जलविद्युत बाँधले बाढीको जोखिम बढ्ने वैज्ञानिकको चेतावनी

अनुसन्धान टोलीले भनेको छ ‘यी नतिजाहरूले ब्रम्हपुत्र नदीमा हुने जलवायुसम्बन्धी परिवर्तनशीलताको दीर्घकालीन परिवर्तन प्रदान गर्छ। भविष्यमा जलस्रोतसँग सम्बन्धित जोखिमहरूको मूल्यांकन गर्न...

मोरङको केरौन १३२ केभी सबस्टेसन सञ्चालनमा

काठमाडौँ: मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको  विद्युत आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनमा...

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना