२०८३ कार्तिक २१ गते शुक्रबार

सिमलबाट इथानोल उत्पादन गर्ने ११ अर्ब लगानी आउँदै,स्वीकृतिको पर्खाइमा कियान केमिकल्स

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १८
bed_kharel

काठमाडौं। नेपालमा इथानोल उत्पादन र कृषि क्षेत्रलाई औद्योगिकरण गर्ने उद्देश्यसहित कियान केमिकल्स इन्डस्ट्रिज प्रालिले ठूलो लगानी योजना अघि बढाएको छ।

कम्पनीले सिमल तरुललाई कच्चा पदार्थका रूपमा प्रयोग गरी इथानोल उत्पादन गर्ने लक्ष्यसहित ११ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने तयारी गरेको हो।

कियान केमिकल्स इन्डस्ट्रिज अध्यक्ष बेदप्रसाद खरेलका अनुसार कम्पनीको अवधारणा २०७८ सालदेखि सुरु भएको हो। २०७९ सालमा कम्पनी दर्ता गरी उद्योग विभागबाट आवश्यक प्रक्रिया पूरा गर्दै उत्पादन अनुमति समेत लिइसकेको उनले बताए।

‘हामीले कियान केमिकल्स र कियान एग्रिकल्चर गरी दुईवटा कम्पनी स्थापना गरेका छौँ। एउटा उद्योग स्थापना गरेर इथानोल उत्पादन गर्ने र अर्को कम्पनीमार्फत आवश्यक कच्चा पदार्थ उत्पादन गर्ने हाम्रो योजना हो,‘ खरेलले भने। नेपाल न्यूज बैंकसँगको कुराकानीमा अध्यक्ष खरेलले कम्पनीले उद्योग सञ्चालनका लागि आवश्यक प्रारम्भिक तयारी पूरा गरिसकेको जानकारी दिए।

‘सरकारले उत्पादनका लागि आशयपत्र उपलब्ध गराउने हो भने हामी तुरुन्तै इथानोल उत्पादन प्रक्रियामा जान सक्छौँ। जग्गा खरिददेखि अन्य तयारी पूरा गरिसकेका छौँ,’ उनले भने।

कियान केमिकल्सले नेपालका तीन प्रदेशमा इथानोल उत्पादन केन्द्र स्थापना गर्ने योजना बनाएको छ। कम्पनीका अनुसार कोशी, मधेश र गण्डकी प्रदेशमा गरी तीनवटा उद्योग स्थापना गरिनेछ।

रौतहटस्थित कटहरिया नगरपालिकामा करिब १० बिघा जग्गा खरिद गरिसकेको अध्यक्ष खरेलले बताए। उक्त स्थानमा उद्योग स्थापना गर्ने तयारी अघि बढाइएको छ।

‘हामीले अहिलेसम्म करिब २६ करोड रुपैयाँ लगानी गरिसकेका छौँ। जग्गा, अध्ययन, अनुसन्धान र प्रारम्भिक तयारीमा यो लगानी भएको हो,‘ उनले भने। कम्पनीमा नेपालसहित अमेरिका, बेलायत र थाइल्यान्डका लगानीकर्ता तथा विज्ञहरू सहभागी छन्।

अमेरिकाबाट खरेल आफुसहित खगेन्द्र जिसी र कला खरेलको समूह, बेलायतबाट विकास चुडाल तथा थाइल्यान्डबाट गैरआवासीय नेपाली संघका अध्यक्षसमेत रहेका सञ्जय ढकाल सहभागी रहेको उनले जानकारी दिएका छन्।

नेपालतर्फ इन्जिनियर तथा केमिस्ट बाबुराम गौतम, बाबुराम शर्मा, मनिष सापकोटा र दिनेश पौडेललगायतको समूह रहेको उनले बताए। कियान समूहले परियोजनालाई प्रभावकारी बनाउन कृषि तथा प्रशासन क्षेत्रका विज्ञलाई समेत जोडेको जनाएको छ।

कृषि विज्ञका रूपमा कृषि विभागका पूर्वसहसचिव विष्णु अर्यालले काम गरिरहेको र कृषकसँग सम्बन्धित योजना तथा उत्पादन प्रणाली विकासमा सहयोग गरिरहेको खरेलले बताए।

इथानोल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ सुनिश्चित गर्न कियान एग्रिकल्चर स्थापना गरिएको छ। खरेलका अनुसार कम्पनीले नेपालमा सिमल तरुल खेती विस्तार गर्ने, किसानलाई तालिम दिने, बीउ उपलब्ध गराउने र उत्पादन खरिद गर्ने प्रणाली विकास गर्ने योजना बनाएको छ।

‘किसानलाई खेती गर्न सिकाउने, बीउ र आवश्यक सामग्रीका लागि सरकार तथा स्थानीय तहसँग समन्वय गर्ने र उत्पादन भएपछि बजार सुनिश्चित गर्ने हाम्रो योजना हो,‘ उनले भने। कियान एग्रिकल्चरले विभिन्न प्रदेशमा प्रशोधन केन्द्र स्थापना गर्ने योजना बनाएको छ।

किसानबाट खरिद गरिएको कासाभा प्रशोधन केन्द्रमार्फत कियान केमिकल्सको उद्योगमा कच्चा पदार्थका रूपमा आपूर्ति गरिनेछ। कम्पनीले नेपालमा एक लाख ३० हजार हेक्टर क्षेत्रफलमा सिमल तरुलखेती विस्तार गरी करिब २० लाख किसानलाई जोड्ने लक्ष्य राखेको छ।

किन रोजियो सिमल तरुल?

अध्यक्ष खरेलका अनुसार इथानोल उत्पादनका लागि विश्वका विभिन्न देशको अभ्यास अध्ययन गरेपछि नेपालका लागि सिमल तरुल उपयुक्त विकल्पका रूपमा छनोट गरिएको हो। ‘अमेरिकाले मकैबाट इथानोल उत्पादन गर्छ। तर, त्यो विशेष प्रकारको उच्च स्टार्च भएको मकै हो।

नेपालमा खाद्यान्न र औद्योगिक प्रयोगबीच प्रतिस्पर्धा नहोस् भनेर हामीले वैकल्पिक बाली खोज्यौँ,‘ उनले भने। त्यसपछि थाइल्यान्डको कासाभा उत्पादन प्रणाली अध्ययन गरेर नेपालमा यसको सम्भावना देखिएको उनले बताए।

‘थाइल्यान्डले बाहिरबाट बीउ ल्याएर सिमल तरुललाई व्यावसायिक खेतीका रूपमा विकास गरेको छ। अहिले त्यहाँ सिमल तरुलमा आधारित धेरै उद्योग सञ्चालनमा छन,’ खरेलले भने।

खरेलका अनुसार सिमल तरुल कम मेहनत र कम हेरचाहमा उत्पादन हुने बाली हो। ‘यो बलौटे माटो, कम उर्वर जमिन र मार्जिनल ल्यान्डमा पनि उत्पादन गर्न सकिन्छ। यसलाई धेरै सिँचाइ आवश्यक पर्दैन र अन्य बालीको तुलनामा जोखिम कम छ,’ उनले भने।

उनका अनुसार नेपालमा गाउँघरमा परम्परागत रूपमा तरुलका रूपमा प्रयोग हुँदै आएको सिमल तरुललाई अब औद्योगिक कच्चा पदार्थका रूपमा विकास गर्न सकिन्छ।

कियान केमिकल्सले सिमल तरुल खेतीले ग्रामीण अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्ने दाबी गरेको छ। ‘आज किसानले बाँदर, बँदेल, मल अभाव, पानीको समस्या जस्ता धेरै चुनौती भोगिरहेका छन्। तरुल खेतीले धेरै समस्या समाधान गर्न सक्छ,‘ खरेलले भने।

३६ स्थानीय तहसँग सहकार्य, देशभर परीक्षण खेती

कियान एग्रिकल्चरले हालसम्म ३६ वटा गाउँपालिका तथा नगरपालिकासँग सहकार्य गरेर सिमल तरुल खेती परीक्षण सुरु गरेको जनाएको छ। कम्पनीले चीन, थाइल्यान्ड, भारत तथा नेपालका रैथाने जातका बीउ ल्याएर परीक्षण गरिरहेको छ।

‘चितवनदेखि सर्लाही हुँदै इलामसम्म किसानलाई बीउ वितरण, तालिम र खेती प्रविधिबारे जानकारी दिइरहेका छौँ,’ खरेलले भने। कम्पनीले किसानलाई निःशुल्क तालिम दिँदै आएको र उत्पादनपछि खेतमै पुगेर प्राविधिक सहयोग गर्ने गरेको जनाएको छ।

खरेलले सरकारलाई इथानोल उद्योगका लागि स्पष्ट नीति र सहज वातावरण बनाउन आग्रह गरेका छन्। सरकारले लगानी ल्याउन आह्वान गर्छ, तर लगानी गर्ने वातावरण पनि बनाउनुपर्छ,’ उनले भने।

उनका अनुसार सरकारले सिमल तरुलको मूल्य निर्धारण, बीउ तथा कृषि सहयोग प्रणाली र उद्योग सञ्चालनका लागि आवश्यक सम्झौता सुनिश्चित गरिदिए निजी क्षेत्रले ठूलो लगानी गर्न तयार रहेको बताए।

प्रकाशित: २०८३ साउन १८ गते सोमबार ०८:२४
प्रतिक्रिया

थप समाचार

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी छ। कार्तिक १९ गतेसम्म कम्पनीको प्रतिकित्ता सेयर मूल्य ४८ हजार रुपैयाँ...

ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्ताव

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ। आयल निगमले ग्यास बिक्री वितरणलाई सहज बनाउन...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...

युनिलिभरले सेयरधनीलाई १५४० रुपैयाँ नगद लाभांश दिने

काठमाडौं।बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक...

‘भारतीय र चिनियाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना