काठमाडौँः साताको पहिलो कारोबार दिन सोमबार (आज) नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार बढेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक घटेर बन्द भएको हो।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। गत शुक्रबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँबराबरको १ करोड १४ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज एभरेष्ट कलर लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको रिलायन्स स्पिनिङ्ग मिल्सको सेयरमूल्य यस दिन सर्वाधिक ७.४० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ६२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।


