२०८३ साउन २७ गते बुधबार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २१
norvic pix (2) (1)

काठमाडौं। व्यवसायिक घरना बीएलसी ग्लोबल होल्डिङ्सले सञ्चालन गरिरहेको नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले सेयरधनीहरुलाई आकर्षक लाभांश घोषणा गरेको छ।

नर्भिकले गत आर्थिक वर्ष ०८२/०८३ मा गरेको नाफाबाट सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने भएको हो। जसअनुसार २२.१० प्रतिशत नगद र बाँकी २० प्रतिशत बोनस सेयर दिने नर्भिकले जनाएको छ।

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाबाट पारित भएपछि हस्पिटलले लाभांश वितरण गर्नेछ। नर्भिकले वर्षेनी सेयरधनीहरुलाई ४२ प्रतिशत हारहारीमा लाभांश दिँदै आएको छ।

बोनस सेयरबाट हुन आउने चुक्ता पुँजीको २० प्रतिशत अर्थात २५ लाख कित्ता बुकबिल्डिङ विधिबाट प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी हस्पिटलले गरेको छ।

नर्भिकको क्षमता विस्तारमा सवा ३ अर्ब लगानी: माघदेखि २७५ शय्या सञ्चालनमा, आईपीओको तयारी

बुकबिल्डिङ सेयर मूल्य तय भएको छैन्। सभाले संस्थागत लगानीकर्तालाई वितरण गर्ने विवरणपत्र स्वीकृत गर्ने प्रस्ताव पारित गर्ने हस्पिटलले जनाएको छ।

आईपीओ निष्काशन गर्न सन् २०२१ मा नर्भिक पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो। नर्भिकले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एलएस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

अस्पतालले ३ अर्ब ३२ करोड रुपैयाँको थप लगानीमा मल्टिस्पेसियालिटी सुविधासहितको नयाँ पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुर्याएको छ। आगामी माघसम्म सञ्चालनमा ल्याउने तयारी भएको नर्भिकले जनाएको छ।

२०२३ देखि सेवा विस्तार गर्न नयाँ भवन निर्माण निर्माण सुरु भएको हो। हाल ११६ शैय्या सञ्चालनमा रहेकोमा क्षमता बढेपछि २७५ पुग्नेछ। १५९ बेड थप्न लागेको अस्पतालले जनाएको छ।

यस क्रममा सिभिल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने चिकित्सा उपकरण खरिद प्रक्रिया सन्तोषजनक रूपमा अघि बढिरहेको छ।

नर्भिकले अहिलेको पार्किङ स्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधासम्पन्न आठ तले भवन निर्माण गरिरहेको छ।

अस्पतालले भवन रोशन कन्स्ट्रक्सनले बनाइरहेको छ। नयाँ भवन ‘कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्ट’ सहितको आधुनिक र सुविधासम्पन्न हुनेछ। कूल एक लाख ६५ हजार वर्गफिटमा आधुनिक भवन बनेको छ।

नर्भिकले चालू आर्थिक वर्षको नौ महिनामा दुई अर्ब चार करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष सन् २०२५मा अस्पतालले दुई अर्ब २६ करोड ३० लाख सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।

सन् १९९३ मा उद्योगपति वसन्तकुमार चौधरीले ३० बेडसहितको नर्भिक हेल्थकेयर एन्ड रिसर्च सेन्टरबाट स्वास्थ्य सेवा सुरु गरेका थिए।

 

 

प्रकाशित: २०८३ साउन २१ गते बिहिबार ०८:३०
प्रतिक्रिया

थप समाचार

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...

नेप्सेमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँः साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेप्सेले सोमबार पनि गिरावटलाई निरन्तरता...

सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको पुँजीकरण घट्दो, जलविद्युतको बढ्दो

जलविद्युत समूहको बढ्दै गएको नेप्सेले जनाएको छ। बैंक तथा वित्तीय संस्थाको बजार पुँजीकरण हिस्सा घटेर हाल ५०.९ प्रतिशतमा झरेको छ।

२४ सै घण्टा सेयर अर्डर सुविधा: तर लगानीकर्ता अनिच्छुक, नासाबाहेकले ल्याएनन् सुविधा

नेप्सेले धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ जारी गर्दै आफ्टर मार्केट अर्डरको व्यवस्था गरेको थियो। उक्त संशोधित विनियमावली २०८३ वैशाख ७ गतेदेखि लागू भएको हो।

कामना सेवा विकास बैंकले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने

काठमाडौँः कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले अग्राधिकार सेयरधनीलाई ९ प्रतिशत र साधारण सेयरधनीलाई १५ प्रतिशत नगद...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
mof_building
आर्थिक नीति

शिक्षा र स्वास्थ्य कर हटाउँदा ४ अर्ब ५८ करोड राजस्व खाडल, अर्थले कहाँबाट पूरा गर्ला?

चालू आर्थिक वर्षमा सरकारले १५ खर्ब ८० अर्ब ३१ करोड रुपैयाँ कर उठाउने लक्ष्य लिएको छ। शिक्षा र स्वास्थ्यमा लगाएको समता कर हटाएपछि राजस्वमा सरकारलाई दबाब पर्ने देखिएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना