२०८३ कार्तिक २० गते बिहिबार

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउन कस्तो गुरुयोजना चाहिन्छ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २१
dasain_yatayat

काठमाडौँ: काठमाडौँ उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने गरी गुरुयोजना तर्जुमा गर्न लागिएको छ। उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउन तयार गरिएको नयाँ यातायात गुरुयोजनाले दीर्घकालीन रूपमा यातायात संरचनामा सुधार ल्याउने सरोकारवालाको भनाइ छ।

‘जीवन्त र सांस्कृतिक काठमाडौँ उपत्यकाका लागि दिगो, सुरक्षित र समावेशी यातायात गुरुयोजना’ सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले उपत्यकाको पूर्व–पश्चिम तथा उत्तर–दक्षिण यातायात सञ्जाललाई सुदृढ बनाउने संरचनामा विशेष ध्यान दिनुपर्ने बताए।

‘काठमाडौँको पूर्व र पश्चिम क्षेत्रलाई प्रभावकारी रूपमा जोड्ने संरचना निर्माणमा विशेष ध्यान दिनुपर्छ’, उनले भने, ‘विशेषगरी उत्तर–पूर्वी खण्डबाट पूर्व र पश्चिमलाई जोड्ने वैकल्पिक मार्ग तथा प्रमुख चोकको पुनःसंरचनाले भविष्यमा यातायात व्यवस्थापनलाई सहज बनाउन सक्छ।’

सदस्य थापाले काठमाडौँ उपत्यकाको पूर्व–पश्चिम सम्पर्कलाई थप प्रभावकारी बनाउन नयाँ पूर्वाधार विकास आवश्यक रहेको धारणा राखे। उनले बढ्दो सहरीकरण र सवारी चापलाई मध्यनजर गर्दै दीर्घकालीन सोचका साथ पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए।

‘यो गुरुयोजना कार्यान्वयनमा आएपछि उपत्यकामा अहिले देखिएको यातायात, ट्राफिक र सडक सम्बन्धी समस्या सम्बोधन हुनेछ,’ उनले भने।

पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले गुरुयोजनाले सहरी यातायात सुधारका लागि पूर्वाधार विकास र सार्वजनिक यातायात सुधारका कार्यक्रमलाई स्पष्ट रूपमा प्राथमिकता दिएको जानकारी दिए।

उनका अनुसार योजनामा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी २२ वटा पूर्वाधारसम्बन्धी कार्यक्रम तथा सार्वजनिक यातायात सुधारका १३ वटा कार्यक्रम प्रस्ताव गरिएको छ। उनले गुरुयोजनाको पूर्ण कार्यान्वयनबाट सन् २०५० सम्म काठमाडौँ उपत्यकाको यातायात प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र दिगो बनाउने लक्ष्य लिइएको बताए।

चक्रपथमा मास ट्रान्जिट प्रणाली, रत्नपार्कदेखि भक्तपुरसम्म उच्च क्षमतायुक्त सार्वजनिक यातायात सेवा, पूर्व–पश्चिम जोडमार्गको विस्तार तथा आवश्यक स्थानमा नयाँ मास ट्रान्जिट विकल्पसमेत योजनामा समेटिएको उनले जानकारी दिए।

हालको सार्वजनिक यातायात प्रणालीलाई यात्रुमैत्री बनाउन संरचनागत सुधार अपरिहार्य रहेको उल्लेख गर्दै सहसचिव ढकालले यातायात सञ्चालनलाई कम्पनी मोडलमा रूपान्तरण, रुट व्यवस्थापन तथा संस्थागत सुधारलाई पनि गुरुयोजनाले प्राथमिकतामा राखेको बताए।

उनका अनुसार विष्णुमती, धोबीखोला र ग्वार्कोमा नयाँ पुल, ठमेल, केएमसी दरबार, एलएमसी दरबारमा कार पार्किङ, साइक्लिङ पथ, ट्राफिक सेफ्टी, सडक चोक स्तरोन्नति, आपत्कालीन सडक सञ्जालको विकास र चक्रपथ सडकबाहिर पार्किङ सुविधाजस्ता विषय गुरुयोजनामा समावेश गरेको छ।

गुरुयोजनामा महाराजगञ्ज र चाबहिल–गौशाला भूमिगत मार्ग, चाबहिल–बागमती र त्रिपुरेश्वर–माइतीघरमा आकासे पुल, विष्णुमतीमा नदी तटीय मार्ग, सातदोबाटो–गोदावरी जोड्ने नयाँ कर्मनाशा पुल, चौडा चक्रपथ, थापाथली–त्रिपुरेश्वर क्षेत्रमा पुल निर्माण र बागमती नदी किनार कोरिडोरको स्तरोन्नति तथा बौद्धमार्ग सडक चोक सुधार योजनालाई समावेश छ।

गुरुयोजनाले उपत्यकाका मुख्य जाम हुने क्षेत्रमा अन्डरपास, भूमिगत सुरुङ, आकासे सडक र ठूला बसको एकीकृत सञ्चालनमार्फत ट्राफिक समस्याको दीर्घकालीन समाधान गर्ने लक्ष्य राखेको छ।

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोलीले तीव्र सहरीकरण, बढ्दो सवारीसाधनको चाप र बढ्दो लगानीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न दीर्घकालीन र समग्र यातायात योजना अपरिहार्य रहेकोमा जोड दिएको छ।

पूर्वाधार विकास मन्त्रालयको संयोजकत्वमा तयार गरिएको उक्त गुरुयोजनाले एकीकृत, दक्ष, सुरक्षित तथा वातावरणमैत्री सहरी यातायात प्रणालीको विकासका लागि दीर्घकालीन रणनीतिक मार्गदर्शन प्रदान गरेको छ।

योजनाले दिगो सहरी विकासलाई प्रवर्द्धन गर्दै आधुनिक, भरपर्दो र सबै नागरिकको पहुँचमा पुग्ने सार्वजनिक यातायात प्रणाली निर्माण गर्ने लक्ष्य लिएको छ।

प्रकाशित: २०८३ साउन २१ गते बिहिबार ०२:२५
प्रतिक्रिया

थप समाचार

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

ईभीमा प्राइसवारको असरः बीवाईडीको आम्दानी अनुमानभन्दा कम, नाफा १.५ अर्ब डलर

एजेन्सी। चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता बीवाईडी अटोमोटिभ कम्पनीले अपेक्षाभन्दा कमजोर तेस्रो त्रैमासिक आम्दानी विवरण सार्वजनिक गरेको छ। यसले चिनियाँ अटोमोबाइल निर्माताहरूले...

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि...

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना