२०८३ साउन २७ गते बुधबार

२४ सै घण्टा सेयर अर्डर सुविधा: तर लगानीकर्ता अनिच्छुक, नासाबाहेकले ल्याएनन् सुविधा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २२
Nepse

काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नियमित कारोबार समयभन्दा बाहिर पनि सेयर खरिद–बिक्रीको अर्डर राख्न सकिने व्यवस्था गरे पनि त्यसप्रति ब्रोकर कम्पनी र लगानीकर्ताको चासो देखिएको छैन।

विनियमावलीमा व्यवस्था भएको तीन महिना बितिसक्दा पनि अधिकांश ब्रोकर कम्पनीले ‘आफ्टर मार्केट अर्डर’ सुविधा सञ्चालनमा ल्याएका छैनन्। लगानीकर्ताहरू इच्छुक नदेखिएपछि ब्रोकरहरूले यस्तो सुविधा नल्याएका हुन्।

नेप्सेले धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ जारी गर्दै आफ्टर मार्केट अर्डरको व्यवस्था गरेको थियो। उक्त संशोधित विनियमावली २०८३ वैशाख ७ गतेदेखि लागू भएको हो।

विनियमावलीले नियमित कारोबार समयअघि वा पछि पनि लगानीकर्ताले ब्रोकरको प्रणालीमार्फत सेयर खरिद तथा बिक्रीको अर्डर राख्न सक्ने व्यवस्था गरेको छ। तर नियमित कारोबार समयभन्दा बाहिर अर्डर लिन सकिने सुविधा कार्यान्वयनमा ल्याउन अधिकांश ब्रोकरले चासो नदेखाएका हुन्।

नेप्से स्रोतका अनुसार हालसम्म कुनै पनि ब्रोकर कम्पनीले उक्त सुविधा सञ्चालनमा ल्याएको जानकारी नेप्सेलाई गराएका छैनन्। ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजले भने वैशाखदेखि नै आफ्टर मार्केट अर्डर सुविधा सञ्चालनमा ल्याएको जनाएको छ।

‘हालसम्म कुनै पनि ब्रोकरले यो फिचर सञ्चालनमा ल्याएको जानकारी नेप्सेलाई दिएका छैनन्,’ नेप्से स्रोतले भन्यो, ‘लगानीकर्ताले माग गरे ब्रोकरले पनि सञ्चालनमा ल्याउने हो। माग नै नआएकाले यो सुविधा सञ्चालनमा नआएको हुन सक्छ।’

नेप्सेका अनुसार नयाँ व्यवस्था ल्याउनुको मुख्य उद्देश्य नियमित कारोबार समयभित्र अर्डर राख्न नसक्ने लगानीकर्तालाई पनि सेयर बजारमा पहुँच दिनु हो। विशेषगरी विदेशमा रहेका नेपाली तथा नेपालमै रहेर विभिन्न कारणले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको नियमित कारोबार अवधिमा अर्डर राख्न नसक्ने लगानीकर्तालाई लक्षित गरी यो सुविधा ल्याइएको हो।

हाल नेप्सेमा नियमित सेयर कारोबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुन्छ। नयाँ व्यवस्थाअनुसार लगानीकर्ताले उक्त समयअघि वा पछि पनि ब्रोकरको प्रणालीमा खरिद वा बिक्रीको आदेश राख्न सक्छन्। ब्रोकरले प्राप्त आदेशलाई समय प्राथमिकताका आधारमा राखी नियमित कारोबार सुरु भएपछि क्रमशः नेप्सेको प्रणालीमा प्रविष्ट गर्नुपर्ने व्यवस्था छ।

तर आफ्टर मार्केट अर्डरमार्फत राखिने आदेशमा मूल्यसम्बन्धी सीमा पनि तोकिएको छ। विनियमावलीअनुसार यस्तो आदेश प्रविष्ट गर्दा अघिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्यभन्दा १५ प्रतिशतभन्दा बढी वा कम हुने गरी आदेश राख्न पाइँदैन।

अधिकांश ब्रोकरले सुविधा सञ्चालनमा नल्याए पनि नासा सेक्युरिटिजले भने आफ्टर मार्केट अर्डर प्रभावकारी रूपमा प्रयोग भइरहेको जनाएको छ।

ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक मदन पौड्यालले कम्पनीले वैशाखदेखि नै यो सुविधा सञ्चालनमा ल्याएको बताए। उनका अनुसार लगानीकर्ताले आफ्टर मार्केट अर्डरलाई राम्रोसँग प्रयोग गरिरहेका छन्।

‘यो फिचर हामीले सञ्चालनमा ल्याइसकेका छौँ। अर्डर एकदम धेरै आउने गरेका छन्,’ पौड्यालले भने।

उनका अनुसार नियमित कारोबार समयमा बजार हेर्न वा अर्डर राख्न नसक्ने लगानीकर्ताका लागि आफ्टर मार्केट अर्डर उपयोगी भएको छ। विशेषगरी कार्यालय समय, विदेशमा रहेका लगानीकर्ता तथा अन्य व्यस्तताका कारण नियमित कारोबार समयमा अर्डर राख्न नसक्नेहरूका लागि यो सुविधा उपयोगी हुने उनको भनाइ छ।

नेप्सेले नयाँ व्यवस्था ल्याए पनि यसको प्रयोग विस्तार नहुनुले सुविधा र वास्तविक बजार मागबीचको अन्तर देखाएको छ। ब्रोकर संघका पुर्व अध्यक्ष तथा ब्रोकर नं ३५ का सञ्चालक भरत रानाभाटका अनुसार अन्य ब्रोकरले पनि छिटै यो फिचर सञ्चालनमा ल्याउने छन्।

यो सेवा सञ्चालनमा ल्याएर आफुहरुलाई कुनै बेफाइदा नहुने उनले बताए। ‘यो व्यवस्थाले सबैलाई फाइदा नै हुन्छ, कसैलाई नोक्सान हुँदैन। यो फिचर सिस्टममा समावेश गर्दा राम्रो नै हुन्छ। हामीले पनि छिटै यो व्यवस्था लागु गर्छौँ,’ उनले भने।

हाल ९२ वटा ब्रोकर कम्पनी सञ्चालनमा छन्। तर विनियमावली लागू भएको तीन महिना बितिसक्दा पनि नासा सेक्युरिटिजबाहेक अन्य ब्रोकरले आफ्टर मार्केट अर्डर सुविधा सञ्चालनमा ल्याएको औपचारिक जानकारी नेप्सेलाई दिएका छैनन्।

नियमित कारोबार समयबाहिर अर्डर राख्न सकिने व्यवस्था आफैँमा नयाँ भए पनि यसको प्रभावकारिता भने लगानीकर्ताको माग र ब्रोकरको कार्यान्वयनमा निर्भर हुनेछ।

त्यसैले नेप्सेले सुविधा ल्याउने मात्र नभई यसको प्रयोग बढाउन लगानीकर्तामा जानकारी विस्तार गर्ने र ब्रोकर कम्पनीलाई आवश्यक प्राविधिक सहजीकरण गर्ने विषयमा समेत ध्यान दिनुपर्ने देखिन्छ।

प्रकाशित: २०८३ साउन २२ गते शुक्रबार ०५:५१
प्रतिक्रिया

थप समाचार

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...

नेप्सेमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँः साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेप्सेले सोमबार पनि गिरावटलाई निरन्तरता...

सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको पुँजीकरण घट्दो, जलविद्युतको बढ्दो

जलविद्युत समूहको बढ्दै गएको नेप्सेले जनाएको छ। बैंक तथा वित्तीय संस्थाको बजार पुँजीकरण हिस्सा घटेर हाल ५०.९ प्रतिशतमा झरेको छ।

कामना सेवा विकास बैंकले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने

काठमाडौँः कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले अग्राधिकार सेयरधनीलाई ९ प्रतिशत र साधारण सेयरधनीलाई १५ प्रतिशत नगद...

नेप्सेसँगै घट्यो कारोबार रकम, सोलु हाइड्रोपावरको कारोबार उच्च

काठमाडौँः साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से ४.०५ अंकले घटेर २६५०.०९ विन्दुमा झरेको हो। नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। शुक्रबार १ करोड...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना